२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बर्दियामा मत्स्य बिकास अधिकृतको माग गर्दै मन्त्री पौडेललाई ज्ञापन पत्र


कोहलपुर/ बर्दियाका माछापालक किसानहरुले जिल्लामा मत्स्य बिकास अधिकृत पठाईदिन प्रदेश सकारसंग माग गरेका छन । शुक्रवार कोहलपुरमा आयोजित एक कार्यक्रमका बिच प्रदेश ५ कि कृषि भुमि व्वयवस्था तथा सहकारी मन्त्री आरती पौडेललाई ज्ञापन पत्र बुझाउदै मत्स्य बिकास अधिकृत पठाईदिन माग गरेका हुन् । नेपाल मत्य व्यवसायी संघ बर्दियाका अध्यक्ष गणेश लम्सालले मत्य बिकास अधिकृत नहुदा बर्दियाका किसान समस्यामा परेको बताए ।
बर्दिया जिल्ला माछापालनका हिसावले उपयुक्त मानिन्छ । जिल्लामा हाल १ हजार २ सय घर परिवार माछा पालन व्यवसायमा आवद्ध रहेको र ३ सय ५० हेक्टरमा माछा पालन भई रहेको पनि लम्सालले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै मन्त्री पौडेलले आगामि आर्थिक बर्ष देखि मत्य बिकास अधिकृतको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

Nabintech