३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको किरणनालामा ट्रस पुल


बाँके/ बाँकेको खजुरा गाउँपालिका वडा नं ४ स्थित किरणनालामा ट्रस पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ ।

खजुराबजारबाट सिर्जना टोल र डिगाउँ जाने मुख्य सडकमा जीर्णावस्थामा रहेको काठको पुललाई हटाएर २२ मिटर लम्बाइ र २ मिटर ३० सेन्टिमिटर चौडाइ रहेको फलामे ट्रस पुल रु १६ लाखमा निर्माण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयले उक्त पुलका लागि बजेट विनियोजन गरेको थियो । पुल निर्माण भएपछि सिर्जना टोल र डिगाउँसँगै जानकी गाउँपालिकाको बेलनियासँग जोडिएका केही टोल र गाउँका बासिन्दालाई आवतजावत गर्न र हल्का सवारी साधन चलाउन सहज भएको वडाध्यक्ष तिलकवीर सुनारले बताए ।

उनका अनुसार पुल निर्माण भएपछि त्यस क्षेत्रका करीब दुई हजार पाँच सय जनसङ्ख्या लाभान्वित हुने भएको छ । जोखिमपूर्णावस्थामा रहेको काठको पुल जुनसुकै बेला पनि भत्किने अवस्थामा पुगेको थियो । वर्षौंँ काठको जीर्ण पुलबाट जोखिम यात्रा गर्दै आइरहेका बेलनियाबासीका लागि सो पुल वरदान बनेको त्यहाँका स्थानीय अगुवाको प्रतिक्रिया छ ।

स्थानीयवासी चन्द्रकेशर विकको संयोजकत्वमा ट्रस पुल निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । रासस

Nabintech