१२ माघ २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नक्कली सवारी पास लिएर यात्रु ओसारपसार गर्ने पक्राउ


कोहलपुर /नक्कली सवारी पास लिएर यात्रु ओसारपसार गरेको अभियोगमा प्रहरीले सवारीधनीसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सवारीधनी बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ रझेना घर भएका ३८ वर्षीय पूर्णप्रसाद गौतम, चालक बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ बस्ने वर्ष २८ का आशिष थापा र नक्कली पास बनाउने कार्यमा संलग्न बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २१ वर्षीय विशाल शाही रहेका छन्।
नागढुंगाबाट खटिएको प्रहरी टोलीले नेपालगन्जबाट काठमाडौं जाँदै गरेको ना ६ ख ८४४५ नम्बर को बस जाँच गर्दा उक्त बस जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास लिएर आएको देखिएको थियो। जिल्ला प्रशासन कार्यालय बाँकेले उक्त पास कार्यालयबाट जारी भएको पासको किर्ते भएको बताएपछि सवारी साधन तथा चालकलाई नियन्त्रणमा लिएको थियो। बाँकेमा अबैध पास लिएर हिड्ने र किर्ते गर्नेहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडी बढाएको इलका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कुललिप चन्दले बताए । उनले भने पछिल्लो समय अबैध पास बोक्नेहरुलाई नियन्त्रणमा लिनकालागि राजमार्गमा सुरक्षा चेकजाँच कडाई गरिएको बताए ।
पक्राउ परेका तीन जनाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को लिखत सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

Nabintech