१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारीले पुनः राजश्व लिएर निर्माण सामाग्री बिक्रि गर्न दिने


कोहलपुर/ बिकासका काममा नदिजन्य पदार्थको अभाव कम गर्न राप्ती सोनारी गाँउपालिकाले डम्पिङ गरेर राखेको निर्माण सामाग्री पुनः राजश्व लिएर बिक्रि गर्न दिने निर्णय गरेको छ ।
खोलाहरु बाट यस अघि झिकेर राखेका नदिजन्य पदार्थ राजश्व र थप जरिवाना तिरेर बिक्रिगर्न दिने निर्णय गाँउ कार्यपालिकाबाट भएको हो । राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेतले प्रति घनफिट १० रुपैया ५० पैसा राजश्व र जरिवाना तिरेर डम्पिङ गरेर राखेको नदि जन्य पदार्थ बाहिर लैजान दिने निर्णय भएको नयाँकोर्सलाई जानकारी दिए ।
राप्ती सोनारी गाउँपालिकाको नदि तथा खोला आसपास ठुलो मात्रमा नदि जन्य पदार्थ डम्पिङ गरेर राखिएको आंसका पालिकाको छ । पालिकाले अहिले डम्पिङ गरेर राखेको निर्माण सामाग्रीको नाप जाँचको काम गरि रहेको राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारुका स्वकिय सचिव सन्तोष थारुले जानकारी दिए ।
यस बर्ष राप्ती सोनारी गाउँपालिकाले नदि जन्य पदार्थ उत्खननको ठेक्का लगाउन नसक्दा र अबैध क्रसर उद्योगहरु बन्द हुदा बिकासका काममा नदि जन्य पदार्थको अभाव भएकोे थियो ।

Nabintech