२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
क्रसर बिवादले बिकासका काममा समस्या


कोहलपुर/ जिल्ला प्रशासन कार्यालयले प्राकृतिक स्रोत साधनको दोहनका बिरुद्ध अभियान सञ्चालन गर्दै अबैध बालुवा प्रशोधन र क्रसर उद्योग बन्द गराएपछि बिकास निर्माणका काममा नदीजन्य पदार्थको अभाव देखिन थालेको छ ।
नदी जन्यपदार्थ अभाव भएसंगै बिकासका काममा समेत समस्या पैदा भएको निर्माण व्यवसायीहरुले बताएका छन । कोहलपुका निर्माण व्यवसायी अवराज खड्काले क्रसर उद्योगहरु बन्द भएसंगै लमहि र धनगढी , अतरीया लगायतका स्थान बाट ल्याउनु परेको गुनासो गरे । उनले लकडाउनका कारण काममा समस्या परेको र हाल निर्माण समाग्रीको अभावले यस बर्ष ४० प्रतिसत पनि काम गर्न गाह्रो भएको गुनासो गरे ।
बाँकेका क्रसर उद्योग बन्द भएसंगै बिगतमा बाँके भन्दा सस्तोमा ढुंगा गिटि र बालुला सप्लाई गर्ने दाङका निर्माण व्यवसायीले मुल्य बृद्धि गरेको खड्काको भनाई छ । उनले बिगतमा बाँके भन्दा ३ देखि ४ हजार सस्तो पर्ने निर्माण समाग्री हाल प्रति ट्रिपर ५ हजार सम्म महगो पर्न गएको नयाँ कोर्सलाई बताए ।
व्यवसायी खड्काले प्रशासनले कार्यवाही गरेका क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगमा स्टक रहेका नदिजन्य पदार्थहरुको बैधानिकता हेरेर प्रक्रिया पुरा गरेर सञ्चालन गर्ने तर्फ प्रशासनले ध्यान दिनुपर्ने बताए ।
बाँके जिल्लाको पुर्बी नाका ईलाका प्रहरी कार्यालय कुसुमाका प्रमुख केसीले दैनिक ५० ट्रिपर गिटि र बालुवा दाङबाट आउने गरेको बताए । उनले अघिल्ला बर्षहरुमा केहि मात्रामा आउने गरेको भएपनि यस बर्ष उल्लेख्य मात्रमा नदि जन्य पदार्थ बाँके भित्रिएको जानकारी दिए ।
नयाँ कोर्ससंगको कुराकानिमा एक क्रसर व्यवसायीले जिल्ला प्रशासन कार्यालयले सबै क्रसर उद्योगलाई एकै खाले कारवाहीको मापदण्ड बनाउदा आफुहरु मर्कामा परेको बताउदै निर्माण समाग्रीको मुल्य बृद्धि भएको बताए । उनले १० बर्ष देखि कर नतिरी सञ्चालन भएका उद्योग र अघिल्लो बर्ष मात्रै दर्ता भएर कर समते तिरेका तर मापदण्ड पुरा नभएका बालुवा उद्योगलाई फरक फरक कारवाहीको मापदण्ड बनाउनु पर्ने माग गरे ।
उनले आफुहरु राज्यको मापदण्डमा आउन तयार रहेको र कर तिर्न समेत तयार रहेकाले राज्यले निश्चित समय दियर व्यवसाय गर्ने बतावरण बनाउन माग गरेका छन ।
उनले छिमेकी जिल्ला दाङ र बर्दिया मा सेमत नदी जन्य पदार्थ उत्खनन् गर्दा एकै खालको कार्यबिधी बनाउनु पर्ने धारणा राखे । उनले दाङ र बर्दियमा अहिले पनि खोलामै क्रसर उद्योग र बालुला उद्योग सञ्चालनमा रहेको उनको दाबि छ ।
कतिपयले शक्तिको आडमा नदीजन्य पदार्थको उत्खनन् र प्रशोधन गर्ने बालुवा प्रशोधन उद्योग र क्रसर उद्योग संबन्धित निकायमा दर्ता र नबिकरण नगरी वर्षौदेखि सञ्चालन गर्दै
थिए ।
बाँकेमा सञ्चालनमा रहेका २७ वटा क्रसर तथा बालुवा प्रशोधन केन्द्र मध्ये ३ वटामात्रै दर्ता र नबिकरण भएको पाईएकोले २४ वटा दर्ता र नबिकरण नभएको क्रसर बालुवा प्रशोधन केन्द्रको विद्युत लाईन काट्नुको साथै ती उद्योग बन्द गर्न प्रशासनले कडाई गरेको थियो ।
बाँकेमा राजनीतिक संरक्षण र मिलेमतोमा बाताबरणीय परिक्षण नै नगराई अनाधिकृत तरिकाले खोला र नदीमा एक्जाभेटर प्रयोग गरी नदीजन्य पदार्थको दोहन गर्दै आएको जनगुनासो आएको थियो । श्रोतका अनुसान बन्द भएका क्रसर उद्योग मध्ये २ ओटा नेपाल कम्युनिष्ट पार्टी नेकपा र अन्य सबै नेपाली काँग्रेस सर्मथित व्यवसायी रहेका श्रोतको दाबि
छ ।

Nabintech