१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नदी जन्य पदार्थको दोहन अझै रोकीएन्


कोहलपुर/ बाँकेमा भैरहेको नदी जन्य पदार्थको दोहन अझै रोकीएको छैन् । राप्तीसोनारी गाउँपालिका भित्र पर्ने नदीहरुमा तस्करहरुले नदिजन्य पदार्थ उत्खन गरिरहेका छन् । शमशेरगञ्ज क्षेत्रमा रहेको परुवा खोलामा सोमबार पनि अबैधरुपमा नदिजन्य पदार्थ उत्खन गरिरहेको एउटा स्काईभेटर र उक्त स्काईभेटरका मालिक बावुराजा मल्ललाई स्थानिय प्रशासनले पक्राउ गरी कार्बाही प्रक्रिया अगाढी बढाएको छ ।प्राकृति स्रोत र साधनको उत्खनन वा प्रयोग गर्न नेपाल सरकारले बावतावरण संरक्षण ऐन २०५३ जारि गरि उक्त ऐन बमोजिम नियमन गरेको भए पनि बांकेमा अबैधरुपमा नदि जन्य प्राकृतिक स्रोत र साधनहरुको दोहन गरिरहेको पाइएकाले गत हप्ता स्थानिय प्रशासनले रोक लगाएको थियो ।

बांकेमा सञ्चालित २७ वटा क्रसर तथा नदिजन्य पदार्थ प्रशोधन मध्य २४ वटा मिलेमतोमा गैर कानुनी तरिकाले सञ्चालनमा रहेकाले ततकाल बन्द गर्न र अटेरी गरे कडा कार्बाही गर्ने स्थानिय प्रशासनले सम्वन्धीत पक्षलाई चेतावनी दिएको थियो । अन्य ३ वटाको पनि सुक्ष्म अनुसन्धान गरि के–कसरी अनुमती लिएको हो रु क्रमश सम्वन्धीत पक्षबाट छानबीन गरिने प्रशासन बताएको छ ।

प्रशासनको उक्त चेतावनी बावजुत पनि सोमबार परुवा खोलामा स्काईभेटर र मार्फत उत्खनन गरिरहेका जानकारी पाएको प्रशासनले बांके प्रहरीले उक्त स्काईभेटर र त्यसका मालीक बावुराजा मल्ललाई पक्राउ गरेको छ ।

नदि जन्य पदार्थ वा अन्य प्राकृतिक स्रोत साधनको उपयोग वा कुनै पनि निर्माण गर्दा सम्वन्धीत क्षेत्रमा त्यसले पार्ने अल्पकालीन र दिर्घकालीन प्रभाव मुल्याकण गरि त्यसले कुनै असर नपर्ने भनी स्थानिय बासिन्दा तथा सम्वन्धीत जनप्रतिनिधिहरुको साक्षी तथा सिफरिसमा प्रारम्भिक वातावरणिय परिक्षण र वातावरणिय प्रभाव मुल्यांकण अनिबार्य गर्नुपर्ने हुन्छ ।

बांकेमा राष्ट्रिय निकुञ्ज, बिभिन्न निर्माणका आयोजनाका मालिकहरुको समेत मिलेमतोमा बांकेको नदिहरु दोहन भैइरहेकोमा यसलाई बांके प्रशासनले रोक लगाएको थियो ।

Nabintech