११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
महिला हिंसाका घटना दिनानु दिन बढ्दै गएको भन्दै महिला अगुवाहरुको खवरदारी


कोहलपुर/देशभर महिला हिंसाका घटना दिनानु दिन बढ्दै गएको भन्दै महिला अगुवाहरुले खवरदारी गरेका छन ।
जनदवाव सृजना गर्न भन्दै समाजिक सञ्जाल फेसबुक ग्रप मार्फत निर्माण भएको मेचि महाकाली बुहारी संयुक्त आवज को अगुवाईमा कोहलपुरमा महिला अगुवाहरुले खवरदारी गरेका हुन ।


हेटौडा महानगरपालिका की २३ वर्षिय सुस्मिता केसीको अमानविय तरीकाले हत्या गर्ने हत्यारालाई कारवाहीको माग र मृत आत्माको चिर शान्तिको कामना गर्दैे कोहलपुर ११ को साँझा चोकमा दिप प्रज्वलन गर्दै महिला अधिकारकर्मी तथा नेकपाकी महिला नेतृ बसन्ती अधिकारीले महिला माथि हुने जघन्ने अपराधमा संलग्नहरुलाई कडा कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेकी छन । उनले भनिन महिला माथि हुने घरेलु हिंसा तथा जघन्य अपराधका विरुद्ध एक हुन सवैलाई आग्रह गर्दछु । महिला माथि हुने सबै खाले हिंसा र अपराधका विरुद्ध सशक्त रुपमा सडकमा उत्रिन र दोहिलाई आजीवन कारावासको माग गरेकी छन ।


कार्यक्रममा नेकपाकी नेतृ तथा महिला अगुवा रेणुका खड्का र मिना सिग्देल लगाएतका महिला अगुवाहरुले महिला माथि हुने कुनै पनि हिंसा तथा अपराध सह्य नहुने बताउँदै महिला समानताका लागि राज्यले नै यस्ता खाले घटना नियन्त्रणमा प्रभावकारी भुमिका निर्वाह गर्दे पिडितलाई न्याय दिनु पर्नेमा जोड दिए ।

Nabintech