२० फाल्गुन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना परीक्षणका लागि २२ पत्रकारको स्वाब संकलन


कोहलपुर/ बाँके जिल्लामा पछिल्लो समयमा आएर कोराना संक्रमितहरु घट्दै गए जोखिम भने कम नभएकोमा सरोकार वालाहरुको भनाई रहेको छ । शनिवार कोरोना महामारी नियन्त्रयमा सञ्चारकर्मिको भुमिका बिषयक छलफलमा बोल्ने बक्त्ताहरुले यस्तो बताएका हुन । भेरि अञ्चल अस्पतालका मेसु प्रकाश थापाले केस कम भएपनि जोखिम कायमै रहेको बताए । उनले कोरोना नियन्त्रण्का लागि पत्रकारहरुको भुमिका महत्वपुर्ण भएको समेत बताए । यस बिच कोरोना सङ्क्रमितको खोजी गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा आकस्मिक परिक्षणका साथै फ्रन्टलाइनमा काम गरेकाहरुको परिक्षण शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कोभिड १९ रोकथामका लागि पत्रकारको भूमिकाका बारेमा शनिबार नेपालगञ्जमा स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको कार्यक्रममा २२ जना पत्रकारको स्वाब संकलन गरिएको छ ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले दिनुभएको जानकारी अनुसार सङ्क्रमितहरु घट्दै गएपछि अहिले आएर फ्रन्टलाइनमा कारम गरेकाहरुको कोरोना परिक्षण अभियान शुरु गरिएको छ । उहाँले सोही क्रममा अहिले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको परिक्षणलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।
यसका साथसाथै नेपालगञ्जका विभिन्न स्थानबाट आकस्मिक स्वाब संकलन पनि शुरु गरिएको फोकल पर्सन श्रेष्ठले बताउनु भयो । नेपालगञ्जको ताँगा स्टेशन क्षेत्रबाट शुक्रबार ९८ जनाको स्वाब संकलन गरिएको उहाँले बताउनुभयो ।

Nabintech