२२ फाल्गुन २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दुर्लभ पाटे बाघको छाला र हड्डी सहित एक प्रहरी नियन्त्रणमा


कोहलपुर/ दुर्लभ पाटे बाघको छला र हड्डी सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश नं ५ प्रहरी व्युरोको टोलीले बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं १ बाट दुर्लभ पाँटे बाघको छला र हड्डी सहित सोहि ठाउँका वर्ष ४६ का नवराज घर्तीलाई नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीका आधारमा प्रहरीले घर्तीलाई नियन्त्रणमा लिई उनिसँग रहेको दुर्लभ पाटे बाघको एक थान छाला र करिव ९ किलो हड्डी बरामद गरेको प्रदेश नं ५ प्रहरी व्युरोले नयाँ कोर्सलाई जानकारी दिएको छ । यस विषयमा थप अनुसन्धान प्रहरी निरिक्षक प्रमोद क्षेत्रीले बताए ।

Nabintech