९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकामा लागाईएको तालाबन्दी खोलियो


कोहलपुर/ कोहलपुर नगरपालिका कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र उप प्रमुख सञ्जु कुमारी थारुले वडा ६ मा अलपत्र पारेका बिकास निर्माणका कामहरु तत्काल सुचारु गरि निधारीत समय भित्रै सम्पन्न गर्ने मौखिक प्रतिबद्धता पछि ताला खोलिएको स्थानिय शिव डाँगीले जानकारी दिए ।
निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनिको काम प्रतिको लापरवाही र कोहलपुर नगरपालिकाको नियन्त्रण र निगरानीको अभावमा कोहलपुर क्षेत्रका सम्पुर्ण कामहरु अलपत्र परेको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका स्थानीयहरुको शुक्रवार तालाबन्दी गरेका हुन । कोहलपुर ६ को डि भि एस चोक देखी दक्षिण नहर पुग्ने बाटो कालोपत्रे गर्ने जिम्मेवारी निसान बिलडर्स बैजनाथ २ ले लिएको भएपनि लामो समय देखि काम अलपत्र पारेर छाडेको स्थानियको भनाई छ । प्रमुख रावत र उप प्रमुख चौधरीको मौखिक प्रतिबद्धता अनुसार तत्काल काम सुचारु गर्नेै सर्तमा तालाबन्दी खोलिएको भएपनि आईतवार सम्म काम सुचारु नभए पुन तालाबन्दी गरिने स्थानियले बताएका छन ।
समयमा काम सुचारु नगरे उक्त निर्माण कम्पनि लाई कार्यवाहीको प्रक्रियामा लगिने पनि प्रमुख र उप प्रमुखले सहमति जनाएका छन । पुर्वाधार बिकास कार्यक्रम अन्तरगत संघीय साँसद महेश्वर गहतराज अथकको संसद बिकास कोष मार्फत कोहलपुर नगरपालिका वडा नं ६ को डि.भि.एस.स्कुल देखि दक्षिण नहर सम्म जाने बाटो कालोपत्रे , सोहि सडकको बरको बुटो देखि नमस्ते यातायत सम्म जाने बाटो कालोपत्रे , कोहलपुर ६ कै शिव मन्दिर देखी बुद्ध चोक आउने बाटो कालोपत्रे , नगरको गौरवको आयोजना अन्र्तगतको बाटो कालोपत्रे लागायतका कामहरु ठेक्कामा लिएका निर्माण कम्पनिहरुले चरम लापरवाही गरेको स्थानियको भनाई छ ।
आईतवार सम्म काम सुचारु नभए कोहलपुर नगरपालिका का साथै जिल्ला प्रशासन कार्यालय बाँकेमा पनि निर्माण कम्पनि लाई कार्यवाहीका लागि प्रक्रिया थालिने स्थानियको भनमाई छ ।

Nabintech