२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
गुटफुटमा नलाग्न नेकपा बाँकेको अपील


कोहलपुर/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेले पार्टी हित विपरित गतिविधि नगर्न नेता कार्यकर्तालाई अपील गरेको छ । नेपाली जनताले चहाएको शान्ति, समृद्धि र एकता तर्फ देश अगाडी बढी रहेको समयमा पार्टीको निर्णय विपरित कुनै कार्य कसैले नगर्न अपील मार्फत आग्रह गरिएको छ ।

विदेशी शक्ति र देशभित्रका प्रतिक्रियाबादीहरुले चहाएको फुटका पक्षमा कुनै पनि नेता नलाग्नु हुन अनुरोध गरिएको छ । यसका साथै नेपाली जनताको चहाना अनुसारको राष्ट्रियताका पक्षमा एकमत आम नेपाली जनता भएको अवस्थामा पार्टी भित्र गुटफुटका संकेत समेत नहुनु पर्ने उल्लेख गरिएको छ । नेकपाको सचिवालयमा नेताहरुबीच आरोप प्रत्यारोप लागिरहेका बेला बाँके जिल्लाका नेकपा नेतृत्वले अग्रज नेतालाई पार्टी एकताका भावना र आवश्यकता पुरा गर्न अपील गरेको छ ।
अपीलमा कसैपनि आमसंचारका माध्यम र सामाजिक सञ्जालमा पार्टी नीति विपरित कार्य नगर्न अनुरोध समेत गरेको छ । शुक्रबार अपील जारी गर्दै नेकपा बाँकेले पार्टी हित विपरित हुने कार्य नगर्न तथा पार्टीको नीति, विधान र निर्देशन अनुसार चल्न आग्रह गरेको छ ।

नेकपा केन्द्रीय सदस्य बाँके सह इन्चार्ज मोहमद हारुन हलुवाई, बाँकेका अध्यक्ष आई.पी. खरेल र सचिव अशोक कोईराला संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरिएको अपीलमा उल्लेख गरिएको छ । सुदृढ पार्टी एकता अहिलेको आवश्यकता भएकाले यसबाट दायाँबायाँ नहुन पार्टी नेतृत्वलाई अपील समेत गरिएको छ । पार्टीको निर्णय नै अन्तिम भएकाले यसमा प्रतिवद्ध हुन समेत सबैलाई अपिल गरीएको गरिएको छ ।

Nabintech