११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सैन्य तालिमको दिक्षान्त समारोह सम्पन्न


कोहलपुर/ सि.स ५ सैन्य तालिमको आज दिक्षान्त समोरोह सम्पन्न भएको छ । ३६ हप्ताको कठोर तालिम सम्पन्न गरेका एक सय ७५ जना सैन्यहरुलाई श्री नं. ४ बाहीनी अड्डाका बाहिपती सहायक रथी श्री सुरेश कुमार बानियाले दिक्षान्त गर्नु भएको हो । बानियाले सैन्यहरुको अन्तिम कवज रउनीहरुको परेडको अबलोकन समेत गरेका थिए ।

सैन्यहरुलाई तिन चरणमा लातिम प्रदान गरिएको थियो । पहिलो चरणमा फिल्डक्राप्ट, ब्याटल क्राप्ट र नक्सा अध्ययन, दोस्रो चरणमा युद्धकला तथा तेस्रो चरणमा बिबिध ज्ञान र पास आउट ड्रिल सम्बन्धी ज्ञानमा निपुर्ण बनाइएको छ ।
दिक्षान्त समारोहमा सैन्यहरुलाई सम्बोधन गदै सहायक रथी बानियाले नेपाली सेनाले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता संरक्षणकालागि प्रतिबद्ध हुन सबैलाई आग्रह पनि गरेका छन । देश माहामारीको अबस्थामा गुज्रिरहेको अबस्थामा हरेक सैनिक सबै जनता प्रति उत्तरदायी भएर काम गर्न पनि सुझाएका छन । सेनामा भर्ना भएका हरेक सैनिकले सबै भन्दा पहिला राष्ट्रलाई सर्बाेपरि मानि निर्देशित गरिएको ठाँउमा आ–आफ्नो जिम्मेवारी बहन गर्न पनि निर्देशित गर्नु भयो ।
दिक्षान्त समारोहमा कोरोना भाईरसको माहामारीका कारण परिवार र आफन्त जनहरुको स्वास्थ्य अबस्थालाई मध्यनजर गर्दै निमन्त्रण गर्न नसकिएको भैरब प्रसाद गणका गणपति नकुल थापाले जानाए । कार्यक्रममा तालिममा उत्कृष्ट सैनिकहरुलाई सहायक रथी मार्फत सम्मान पनि गरिएको थियो । समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र शसस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

Nabintech