२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकामा तालाबन्दी


कोहलपुर/कोहलपुर नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । कोहलपुर नगरपालिका वडा ६ मा बिकास निर्माणका कामहरु अलपत्र पारेको भन्दै स्थानीयबासीले कोहलपुर नगरपालिका कार्यालयमा तालाबन्दी गरिएका हुन् ।
निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनिको काम प्रतिको लापरवाही र कोहलपुर नगरपालिकाको नियन्त्रण र निगरानीको अभावमा कोहलपुर क्षेत्रका सम्पुर्ण कामहरु अलपत्र परेको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका स्थानीयहरुको मागमा नगरपालिकिा जिम्मेवार नदेखिए पछि तालाबन्दी गरिएको स्थानिय शिव डाँगीले जानकारी दिए ।

स्थानीयहरुले आईतवार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र उप प्रमुख सञ्जु कुमारी थारुलाई ज्ञापन पत्र बुझाउँदै विकास निर्माणको काममा देखिएका समस्या समाधान नगरपालिकाले नगरे आन्दोलनको चेतावनि दिएका थिए ।
पुर्वाधार बिकास कार्यक्रम अन्तरगत संघीय साँसद महेश्वर गहतराज अथकको संसद बिकास कोष मार्फत कोहलपुर नगरपालिका वडा नं ६ को डि.भि.एस.स्कुल देखि दक्षिण नहर सम्म जाने बाटो कालोपत्रे , सोहि सडकको बरको बुटो देखि नमस्ते यातायत सम्म जाने बाटो कालोपत्रे , कोहलपुर ६ कै शिव मन्दिर देखी बुद्ध चोक आउने बाटो कालोपत्रे , नगरको गौरवको आयोजना अन्र्तगतको बाटो कालोपत्रे लागायतका कामहरु ठेक्कामा लिएका निर्माण कम्पनिहरुले चरम लापरवाही गरेको र समय सिमा भित्रै गुणस्तरिय काम समपन्न गर्नुपर्ने माग सहित तालाबन्दी गरिएको स्थानीयहरुको भनाई छ । यसै गरी वडा नं ६ को कार्यालयमा पनि तालाबन्दी गरिएको छ ।

Nabintech