५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
चीनमा सङ्क्रमित मानिसका आफन्तलाई क्वारन्टीनमा राखिएको होटल भत्कियो, छ जनाको मृत्यु


दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अट्ठाइस जना अझै हराइरहेका छन्।

च्वान्जू नगरस्थित उक्त पाँचतले होटल शनिवार साँझ भत्किँदा भग्नावशेषमा ७१ जना फसेका थिए।उद्धारकर्मीहरूले अहिले पनि भग्नावशेषमा खोजी गरिरहेका छन्। आपत्कालीन व्यवस्थापन हेर्ने मन्त्रालयका अनुसार ३८ जनाको उद्धार गरिएको छ।

यसअघि फसेकामध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएका थिए। सीमा काट्न एक क्यान्सरपीडितको हारगुहारः त्यसपछि के भयो? कोरोनाभाइरस प्रकोप फैलिएको चिनियाँ सहरमा उपचार नपाएका आफन्त छटपटाएको हेर्नुपर्दा…
भवन भत्किनुको कारण अझै स्पष्ट भएको छैन। उक्त घटना स्थानीय समयानुसार शनिवार अपराह्ण ७:३० बजे भएको थियो।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले सङ्क्रमित व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्कमा आएका तिनका आफन्तलाई त्यहाँ अलग्गै निगरानीमा राखिएको थियो।

उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ। आफ्ना आफन्त र परिवारका सदस्यलाई त्यहाँ क्वारन्टीनमा राखिएको बताउने एक महिलाले बेइजिङ न्यूज वेबसाइटसँग भनिन्, “मेरो उहाँहरूसँग सम्पर्क हुन सकेको छैन। उहाँहरूले फोन उठाइरहनुभएको छैन।”

“म पनि [अर्को होटलमा] क्वारन्टीनमा छु र मलाई धेरै चिन्ता लागेको छ। के गर्ने त्यो मलाई थाहा छैन,” उनले भनिन्, “उहाँहरू स्वस्थ हुनुहुन्थ्यो, दिनैपिच्छे तापक्रम पनि जाँच्नुहुन्थ्यो। अनि सबै परीक्षणले सबै सामान्य भएको देखाएका थिए।”

Nabintech