११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मिना सिग्देलको संयोजकत्वमा मेचि महाकाली बुहारी सयुक्त आवाज बाँके गठन


कोहलपुर /सामाजिक सञ्जाल बाट निर्माण भएको मेचि महाकाली बुहारी संयुक्त आवाज बाँकेको जिल्ला तदर्थ समिति गठन गरिएको छ । बुधबार कोहलपुरमा भएको महिलाहरुको एक भेलाले मिना सिग्देल संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरेको हो । जसको सह संयोजकमा उर्मिला पाण्डे, सचिवमा बिष्णु केसी, सह–सचिव निशा लम्साल र कोषाध्यक्षमा शर्मिला ढकाल रहेको समिति गठन गरेको हो । देशभर महिला हिंसका घटना दिनानु दिन बढ्दै गएकाले त्यसको खवरदारी गर्दै जनदवाव सृजना गर्न भन्दै समाजिक सञ्जाल फेसबुक ग्रुप मार्फत निर्माण भएको मेचि महाकाली बुहारी संयुक्त आवज नामक गैर सरकारी संस्था निर्माण भएको सह–संयोजक पाण्डेले बताईन । हालै गठन भएको तदर्थ समितिले हेटौडा महानगरपालिका की २३ वर्षिय सुस्मिता केसीको अमानविय तरीकाले हत्या गर्ने हत्यारालाई कारवाहीको माग र मृत आत्माको चिर शान्तिको कामना गर्दै २० गते शनिबार साँझ ६ बजे कोहलपुर ११ को साँझा चोकमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको समूहकी सदस्य उषा कुमारी उपाध्यायले जानकारी दिईन । समूहको भेला कोरोनामा महामारीका कारण कोहलपुर क्षेत्रमा गरिएको भएपनि आगामि दिनमा जिल्ला भरका महिलाहरुलाई समेटने गरि समिति गठन गरिने बताईएको छ ।

Nabintech