८ आश्विन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
ढकाल परिवारनै साहित्यक यात्रामा


समाज परिवर्तनको प्रमुख आधार साहित्य हो । साहित्यले मानिसलाई सिर्जनशिल बनाउँछ । साहित्यले समाजमा रहेको अन्याय, अत्याचारको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न सहयोग गर्दछ । साहित्यकका विविध विद्याहरु मार्फत साहित्यकारहरुले समाजको यर्थाथलाई साहित्यक कृतिद्धारा बाहिर ल्याउने गर्दछ । साहित्यक यात्रालाई पछिल्लो सयमका साहित्यकारहरुले जनपक्षिय बनाउन लागि परेका छन् । बाँकेको कोहलपुरमा एउटा परिवार साहित्यक यात्रामा रहेको छ । कोहलपुर–१२ निवासी साहित्यकार माहनन्द ढकाल, साहित्यकार सुमित्रा न्यौपाने नाताले श्रीमान श्रीमति हुन् तर पछिल्लो समय यो जोडि साहित्यक जोडिका रुपमा चिनिने गर्दछ । साहित्यकार ढकाल र न्यौपानेकी दुई छारी पनि साहित्यक यात्रामा समावेश भईरहेकी छिन् । ढकाल परिवार नै साहित्यक यात्रामा लागिरहेको पाईन्छ । साहित्यकार महानन्द ढकालले हालसम्म खण्डित आत्मा (गजल संग्रह २०५८), उस्तै उस्तै नदीका उस्तै उस्तै छालहरु (गजल संग्रह २०५०), अव्यक्त प्रत्याशा (गजल संग्रह २०६३), घाम उदाए (हाइक’ संग्रह २०६८) लगायतका कृतिहरु प्रकाशित गरेका छन् ।
साहित्य लेखिरहेको क्रममा सुमित्रा न्यौपानेसँग विवाह भएको र हाल दुवै छोरीहरुले साहित्य यात्रा सुरु गरिरहेको साहित्यकार महानन्द ढकालले बताएका छन् ।
साथै उनले साहित्यकारले विगत हेर्न सक्ने, वर्तमान केलाउने र भविष्यका अनुमान लगाउने सक्ने भएकाले साहित्यका विविध विद्याहरु मार्फत समाज परिर्वनमा साहित्यकारहरुले महत्वपूर्ण भूमिका रहेको बताउँछन् ।
त्यस्तै कथाकार सुमित्रा न्यौपानेले कथा सङ्ग्रह (आँखा र आँखाहरु) २०७२, सह लेखन (२०७४ का उत्कृष्ट कथाहरु) लगायतका कृतिहरु प्रकाशनमा ल्याएकी छिन् । कथाकार समेत रहेकी न्यौपानेले परिवार नै साहित्यमा रमाईरहेको बताउँछिन् । साथै उनले घरपरिवार, साहित्य र पेशालाई सबैले व्यवस्थित गर्न आवश्यक रहेको बताउँछिन् ।
साहित्यकार ढकाललाई हालसम्म जनकलाल तथा मनकुमारी स्मृति प्रतिभा साहित्य पुरस्कार २०६६ (प्रतिभा साहित्य समाज खजुरा बाँके), हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनबाट सम्मान २०७०, शिवपुरी गजल सम्मान २०७० (शिवपुरी साहित्य समाज काठमाडौं) लगायत दर्जन भन्दा बढि सम्मान तथा पुस्कार प्राप्त गरेका छन् । त्यस्तै कथाकार न्यौपानेले राष्ट्र व्यापि खुला आधुनिक कथा लेखन प्रतियोगिता (तृतिय पुरस्कार) २०७६, बाह«खरी पब्लिकेसन्स् काठमाडौं, नव प्रतिभा सम्मान २०७१ ओखलढुँगा हाम्रो मझेरी साहित्य सम्मान, २०७५ चितवन, नारी साहित्य सम्मान, २०७६ लगायतका सम्मान तथा पुरस्कारबाट सम्मानित भएकी छिन् ।
साहित्यकार ढकालकी जेष्ठी चोरी आयुस्मा ढकालले साहित्य र कला जीवनमो महत्वपूर्ण क्षेत्र बनेको बताउँदै साहित्यिक रचना सँगै चित्रकलामा विशेष रुचि रहेको बताउँछिन् । साथै उनले साहित्यक लेखनमा आमा र बुवा नै प्रेरणको श्रोत बनेको बताउँछिन् ।
ढकालकी कान्छी छोरी आर्या ढकाल पनि अहिले चित्रकलामा ध्यान दिईरहेकी छिन् । परिवारनै साहित्यको सहयात्री बनिरहेको छ । यसका साथै दुई छोरीहरुले पटक पटक स्थानिय स्तरका विभिन्न साहित गतिविधिहरुमा सम्मान तथा पुरस्कारबाट सम्मानित भईरहेकी छिन् ।

Nabintech