१७ श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
यस बर्ष बिपन्नलाई ७ सय टिनका घर निर्माण गरिदै


कोहलपुर/ बाँके क्षेत्र नं १ मा खर तथा फुसको छाना बिस्थापन अभियानले यस वर्षपनि निरन्तरता पाएको छ । खरको छाना बिस्थापन अभियान अन्र्तगत यस बर्ष बाँके क्षेत्र नं १ मा ७ सय १५ टिनका छाना सहितका घर निर्माण गरिने सांसद महेश्वर गहतराज अथकले जानकारी दिए ।
खरको छाना वाट आगलागी लगायतका समस्या र जोखिमहुने भएकाले शहरी बिकास मन्त्रालयलवाट सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत बजेट बिनियोजन गरिएको हो । बाँके क्षेत्र नं १ को कोहलपुर नगरपालिका भित्र २२८ घर, राप्तीसोनारीमा १२१ घर र नरैनापुरमा ३ सय ६६ घर छनौट गरिएको बाँके क्षेत्र नं १ का सँघिय साँसद अथकले बताए ।
उनका अनुसार गत बर्ष नरैनापुरमा ३ सय घर यसै कार्यक्रम अन्तर्गत निर्माण गरिएका थिए । यस बर्ष कोहलपुर र राप्तीसोनारी गाउँपालिकालाइ पनि थप गरिएको छ । अति बिपन्न परिवारलाई सुरक्षित आवास उदेश्यले सरकारले यस्तो कार्यक्रमको सुरुवात गरेको हो ।

Nabintech