१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
विद्यालयद्वारा शिक्षक तथा कर्मचारीहरूको कोरोना जोखिम बीमा


बाँके – कोहलपुर क्षेत्रको सबैभन्दा पुरानो निजी विद्यालय रामजानकी मावि कोहलपुरले विद्यालयमा कार्यरत सम्पूर्ण सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको बिमा गरिदिएको छ। प्रतिव्यक्ति रु ५० हजारको कोभिड १९) कोरोना जोखिम बीमा सगरमाथा इन्सुरेन्स कम्पनी शाखा कार्यालय कोहलपुर मार्फत गराएको छ । विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप विद्यालयको खर्चमा उक्त बीमाको व्यवस्था गरिएको विद्यालयका कार्यकारी निर्देशक दिनेश सिग्देलले बताएका छन् ।हाल कोरोना महामारीको सन्त्रासको समयमा गरिएको कोरोना जोखिम बिमाले विद्यालयका कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई कथमकदाचित (कोभिड १९)पोजिटिभ देखिएमा उल्लिखित बीमांक रकम सम्बन्धित शिक्षक तथा कर्मचारीले प्राप्त गर्ने भएकाले कार्यरत शिक्षक तथा कर्मचारीहरूको मनोबल उच्च रहने साथै संक्रमित भएको समयमा पारिवारिक आर्थिक समस्या केही हदसम्म भएपनि निराकरण हुने सगरमाथा इन्सुरेन्स कम्पनी शाखा कार्यालय कोहलपुरका प्रतिनिधि देव नारायण काफ्लेले बताएका छन् ।

Nabintech