४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षाले भनिन्ः मामालाई भेट्न मन लागेकाे छ


प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले अस्पताल पुगेर समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने समीक्षाले आइतबार बिहान अस्पताल पुगेका रिमालसँग आफुलाई प्रधानमन्त्रीलाई भेट्न मन भएको बताएकी छन् । आफूसँगको भेटमा संग्रौलाले मामा (प्रधानमन्त्री ओली) लाई भेट्न मन भएको बताएको रिमालले ट्वीट गरेर जानकारी गराएका छन् ।

‘प्रधानमन्त्रीज्यूलाई मिर्गौला दान दिने भान्जी समीक्षा संग्रौलालाई सोधें–कस्तो छ ? मलाई त ठीक छ, मामालाई कस्तो छ ? एकपटक मामालाई भेट्न मन लागेको छ,’ समीक्षासँगको कुराकानीबारे रिमालले ट्वीटरमा भनेका छन् ।जवाफमा रिमालले प्रधानमन्त्रीलाई भेट्न समय मिलाउने आश्वाaसन दिँदै भनेका छन्, ‘तपाईं पहिलो भिजिटर हुनुहुनेछ । आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री ओली र समीक्षा नातामा मामा भाञ्जी हुन् । उनीहरु दुबैजना त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

Nabintech