११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अवैध रुपमा सञ्चालित सवै क्रसर उद्योगको लाईन काटियो


कोहलपुर/ अवैध रुपमा बाँके जिल्लामा संचालित क्रसर उद्योगहरु बन्द भएका छन । जिल्ला प्रशासन कार्यालय बाँँकेले अबैध रुपमा संचाललित क्रसर उद्योगहरुमा आपुर्ति हुदै आएको बिद्युत कटौती गरे संगै उद्योग बन्द भएका हुन । बाँकेमा संचालति २७ वटा क्रसर उद्योगहरु मध्ये २४ वटा क्रसर उद्योगहरुको बिद्युुत ककटौति गरेको प्रशासनले जनाएको छ ।


बाँकेमा रहेका २७ वटा क्रसर उद्योगहरु मध्ये ३ वटा बाहेकका सबैको बिधुत लाईन काटिएको छ । प्रदेश सरकारले ल्याएको नदि जन्य कार्यबिधी ऐन अनुसार संचालनमा नरहेका र घरेलु कार्यालयमा दर्ता नभएका क्रसर उद्योगहरुको पहिलो चरणमा बिधुत काटिएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत हुक्ुम वलीले बताए । बाँकेमा १३ वटा क्रसर उद्योग, १० वटा बालुवा प्रसोधन केन्द्र , एउटा बिभागमा मझौला उद्योग मा दर्ता भएको र तिनवटा आयोजनाका नाममा उद्योगहरु दर्ता रहेका छन ।
क्रसर उद्योगहरुमा बिधुत कटौती गर्न जाँदा केहि सामस्याहरु आएको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत हरिस चन्द्र शर्माले बताए । उनले भने जिल्लामा रहेको अनुगमन तथा ब्यबस्थापन समितीले कानुन बिपरीत संचालन गरेका सबै क्रसर उद्योगहरु बन्द गर्ने निर्णय भए अनुसार कागजत नपुगेका क्रसर उद्योगहरुको बिधुतमा रोक लगाईएको शर्माले बताए ।
जिल्लामा भइरहेका कानुन विपरितका हरेक कार्यहरुमाथि कानुनको दायरामा ल्याउन क्रमवद्ध अगाडि बढीरहेका सिडिओ रामबहादुर कुरुम्वाङ्ग यस पटक अवैध क्रसर उद्योगहरु वन्द गराउन एक्सनमा उत्रिएका छन् । बाँकेमा रहेका २७ क्रसर उद्योग मध्ये २४ वटा अबैध रुपमा संचालित र मापदण्ड नपुगेका अनुगमन समतिीले प्रतिबेदन बुझाएपछि सबैको बिधुत कटौती गर्नुपरेको कुरुम्वाङ्गले जनाए । बाँकेमा गत बर्ष खोलाको टेण्डर नगर्दा करोडौ राजस्व गुमेको र चोरी निकासि नरोकिएको हुदा कारबाही प्रक्रियमा गएको समेत बताए।
बाँके जिल्लामा ४ वटा क्रसर उद्योगहरु लाईसेन्स बिनानै संचालनमा रहेको जिल्ला समन्वय समिती बाँकेका प्रमुख अजय श्रीवास्तबले बताए । अबैध रुपमा संचालन गरिएका क्रसर उद्योगहरुलाई ४ तहमा बर्गिकरण गरि कारबाही प्रक्रिया अगाडी बढाएको समेत उनले बताए ।
बाँकेमा संचालनमा रहेका क्रसर उद्योगहरुलाई कारबाहीको दायरमा नआएको खण्डमा उनीहरुले प्रयोग गर्दै आएको मेसिन र उत्खनन गरेका समाग्रीहरु जफत गर्ने जिल्ला अनुगमन तथा ब्यबस्थापन समितीले निर्णय समेत गरेको छ ।
प्रशासनले कार्यवाही गरे संगै क्रसर उद्योगमा लगानि भएको करोडौको लगानि डुव्ने भएको छ । कतिपय व्यावसायीले अघिल्लो बर्ष मात्रै करोडौको लगानिमा घरेलुतथा साना उद्योगकार्यालयमा दर्ता गरेर व्यवासाय सुरु गरेका थिए । एक बालुवा प्रशोधन उद्योग स्थापनमा झण्डै ५ करोडको हाराहारीमा लागानि लाग्ने एक व्यावासायीले बताए ।

Nabintech