९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नरैनापुमा बिद्युत बिस्तार पछि अथकले भने :आत्म सन्तुष्टी मिलेको छ

अथकले भुमिका खेल्ने ,घचघचाउने र खवरदारी गर्ने सबैलाई धन्यवाद दिए



कोहलपुर/नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का साँसद महेश्वर गहतराज (अथक)ले आईतवार राति बाट जिल्लाको नरैनापुर क्षेत्रमा बिद्युतिकरण कार्य सम्पन्न भएको खुसि व्यक्त गरेका छन । बिद्युतको मेन लाईन बिस्तारको काम सकिएकाले अव ग्रामिण क्षेत्रमा बिधुत बिस्तार र जनताको घर घरमा बिद्युत जोडने काममा बिद्युत प्रधिकरणलाई कर्मचारी खटाउन उनले आग्रह गरेका छन ।


नयाँ कोर्ससंगको कुराकानिमा उनले बिद्युत बिस्तार संगै नरैनापुर क्षेत्र सम्भावनाको क्षेत्रमा परिणत भएको बताए । उनले बिद्युतीकरणले कृषि र उद्योगको सम्भावनाको ढोका खोलेको बताए । उनले बिद्युत बिस्तार संगै सडक निर्माणका कामले पनि पुर्णता पाउन लागेकाले नरैनापुरलाई बाँकेको मुल प्रवाहमा जोडने दाबि गरे ।
बिद्युतिकरण गर्ने आफ्नो पहलकदमिमा साथ दिने उर्जा मन्त्री , राजनीतिक दल र निरन्तर खवरदारी गर्ने सञ्चारककर्मीहरु लाई समेत बिशेष धन्यावाद दिएका छन ।

अथकले धन्यावाद दिदै अफ्नो फेसबुक वालमा यस्तो लेखेका छन 

आज असाध्यै खुशी,गौरव र आत्मसन्तुष्टीको अनुभुत भएको छ । कोरोना कहर र लकडाउनका बीच पनि निरन्तरको पहल र प्रयत्नका वावजुद बाँके जिल्ला निर्वाचन क्षेत्र नं.१ को धामपुरमा ३३ के भी प्रसारण लाइन चार्ज भएको छ ।भने नरैनापुरको हुलाकी सडक खण्डको सम्पूर्ण भाग नेपाल–भारतको सिमासम्म विद्युत प्रसारण लाइनले पूर्णता पाउनुका साथै वत्ती समेत बाल्ने काम भएको छ र नरैनापुर (बगौडा क्षेत्र) र राप्तीसोनारी (सोनारी क्षेत्र) हुलाकी सडक र विद्युतीकरण मार्फत बाँकेको मुलधारमा समेटिएको छ । आर्थिक वर्ष २०७७/०७८ भित्र राप्ती सोनारी र नरैनापुरका सम्पूर्ण जनताको घरसम्म बत्तीको पहुच पुर्याइनेछ ।

राप्तीसोनारीको धामपुर सवस्टेसनमा ३३ के भी प्रसारण लाइन चार्ज भइसकेकोले कृषिको आधुनिकीकरण,औधोगीकरण,पर्यटन पूर्वाधारको विकास र वजारीकरणलाई महत्वपुर्ण योगदान पुर्याइ जनताको जीवनस्तर उठाउन र गरिबी निवारणमा महत्वपूर्ण भुमिका खेल्ने छ । राप्तीसोनारी र नरैनापुरको विधुतीकरणको लागि महत्वपूर्ण भुमिका खेल्नु हुने माननीय उर्जा,जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन ’अनन्त’,नेपाल विधुत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ,डि.एम.डि. हरराज न्यौपाने,विद्युत विकास विभागका महानिर्देक नविन सिंह , तत्कालीन विद्युत प्राधिकरण नेपालगञ्जका क्षेत्रीय प्रमुख मनोज सिंह जस्ले ११/१२ वर्षदेखि अलमलमा परेको विद्युतिकरणका सम्पूर्ण अल्झनलाई पञ्छाइ बाटो क्लियर गर्न आट गर्नु भयो। हाल डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुर जसले राप्तीसोनारी र नरैनापुरको विद्युतीकरणको कामलाई उच्च महत्व दिएर योजनाबद्व र चरणबद्व रुपले अगाडी बढाउनु भयो।उहाहरु सवैलाई विशेष धन्यवाद दिन चाहान्छु । यस सन्दर्भमा विधुतीकरणको लागि मलाई निरन्तर घचघच्याउने प्रदेशसभा सदस्य,कृष्णा के.सी ’नमुना’ नरैनापुर गाउपालिका अध्यक्ष इस्तियाक अहमद शाह,राप्तीसोनारी गाउपालिका अध्यक्ष लाहुराम थारु,उपाध्यक्ष धनी कुमारी खत्री,वडा अध्यक्षहरु,संविधानसभा सदस्य पट्टु थारु,नेकपाका स्थानिय नेताहरुलाई धन्यवाद सहित बधाई छ

। राप्ती पारीको विधुतीकरणको लागि निरन्तर आवाज उठाउने र खवरदारी गर्ने पत्रकार झलक गैरे,सिराज खान,जे पान्डे,कृष्ण अधिकारी ,ठाकुरसिंह थारु,शिव सुनार,माधव अधिकारी ,प्रदिव वाग्ले,राजेश आचार्य ,संगिन शर्मा,हेमन्त चौधरी,रुद्र सुवेदी, दुर्गा रोका लगायत सम्पूर्ण पत्रकार साथीहरु पनि धेरै खुशी हुनुहुन्छ होला उहाँहरु सबैलाई पनि धेरै धेरै धन्यवाद र बधाई । हामीले विद्युतीकरणको क्षेत्रमा धेरै महत्वपूर्ण काम गरिसकियौ तर अझ पनि जनताको घर घरमा बत्ती पुर्याउन बाँकी छ ।आर्थिक वर्ष २०७७÷०७८मा हामी यो काम पुरा गर्नेछौ ं। तत्काल हुलाकी सडक आसपासका जनतालाई विद्युत ग्राहक वन्न र घरमा विद्युत जडान गर्न विशेष अनुरोध गर्दछु । सोको लागि विद्युत प्राधिकरणलाई तत्काल घुम्ती सेवा मार्फत विधुत ग्राहक वनाउन नरैनापुर र राप्तीसोनारीमा कर्मचारी खटाउन भनिएको छ । त्यो काम तत्काल हुनेछ । विकास गर्ने र देखाउने काम मात्र होइन त्यसबाट प्रतिफल लिन जान्नुपर्छ । हाम्रो सम्बृद्वी र खुशियालीका लागि त्यसलाई भरपुर उपयोग गर्न जान्नु महत्वपूर्ण कुरा हो । सबै वडा अध्यक्षको यतातिर ध्यानाकर्षण गराउदछु । यस सुखद घडीमा हामी सबैलाई बधाई ।

Nabintech