५ माघ २०७७, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मापदण्ड विपरित सञ्चालित सात क्रसर उद्योगको विद्युत काटियो


कोहलपुर /मापदण्ड विपरित सञ्चालित सात क्रसर उद्योगको विद्युत लाईन काटिएको छ ।जिल्ला प्रशासन कार्यालय बाँकेको टोली र विद्युत प्राधिकरणको संयुक्त टोलीले राप्ती सोनारी क्षेत्रका सात क्रसर र बालुवा प्रशोधन उद्योगको लाईन काटेको नेपाल विद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रले जानकारी दिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ती क्रसर उद्योग बन्द गर्ने निर्णय गरेसँगै तत्काल लाईन काट्न निर्देशन दिएका थिए । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुनर्संरचना भै कायम भएका स्थानीय तहमा कार्यविधि स्वीकृत भएको मितिले ६ महिनाभित्र सूचिकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान भएपनि प्रशासनको पटक पटकको ताकेता समेत व्यवसायीले लत्याएको प्रशासनको भनाई छ ।

उद्योगको क्षमता अनुसार पहाडी क्षेत्रमा न्यूनतम् दश रोपनी र तराई तथा भित्री मधेशमा कम्तीमा एक विगाहा जग्गा उद्योगको स्वामित्व वा लिज वा भाडामा रहेको हुनुपर्ने ब्यवस्था छ । नयाँ मापदण्ड अनुसार, वन क्षेत्र र नदी क्षेत्रबाट उद्योग कम्तीमा १ किलो मिटर टाढा हुनुपर्ने र अनिवार्य वातारणीय प्रभाव मूल्याङ्कन रिपोर्ट तयार गनु पर्ने उल्लेख छ । तर यहाँ सञ्चालित क्रसर उद्योगहरु कुनै पनि मापदण्डभित्र पर्दैनन् । अधिकांश दर्तासमेत भएका छैनन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार, बाँकेमा १६ वटा क्रसर उद्योग र ५ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन् । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले मापदण्ड विपरितका अन्य उद्योगको सोमवार बिद्युत लाईन काटिने जानकारी दिए ।

Nabintech