५ कार्तिक २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँके काँग्रेसको उपसभापतिमा फुलाराम थारू


विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन फोरम लोकतान्त्रिक नेपाली काँग्रेससंगको एकिकरणमा भएको सहमति कार्यान्वयन सुरु भएको छ ।

त्यतिबेलाको सहमाति अनुसार नेपाली काँग्रेस बाँकेको कार्यसमितिमा चारजना थप भएका छन् । तत्कालिन फोरम लोकतान्त्रिकसँग भएको सहमति अनुसार काँग्रेस बाँकेको उपसभापतिमा फुलराम थारु सदस्यहरुमा दिप नारायण बर्मा, रितु शाही र बिनोद थारु कार्यसमितिमा थपिएका छन् । यसैगरी महासमिति सदस्यमा फुलाराम थारु, दिप नारायण वर्मा, नेतराम मौर्य, हिरालाल लोनिया, ज्ञानबहादुर घिमिरे, अब्दुल करिम खान र विनोद कुमार थारु रहेका छन् ।

तत्कालिन फोरमसँग भएको सहमति अनुसार, महासमिति सदस्य ७ जना, महाधिबेशन प्रतिनिधि १७, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य ४ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति पदाधिकारी र सदस्य ६ जना थप गरिएको काँग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिईन । ‘पार्टी एकिकरण भएको लामो समय भइसक्दा पनि जिम्मेवारी नपाउँदा नेता तथा कार्यकर्तामा निराशा छाएको थियो तर ढिलै भएपनि जिम्मेवारी टुंगो लागेसँगै यसले उत्साह थपेको छ’ उपसभापति फुलाराम थारुले भने ।

Nabintech