३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर ६ का स्थानिय आन्दोलित


कोहलपुर /कोहलपुर  नगरपालिका वडा ६ मा बिकास निर्माणका कामहरु अलपत्र पारेको भन्दै कोहलपुरबासीले चरणबद्ध आन्दोलन गर्ने भएका छन ।
निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनिको काम प्रतिको लापरवाही र कोहलपुर नगरपालिकाको नियन्त्रण र निगरानीको अभावमा कोहलपुर क्षेत्रका सम्पुर्ण कामहरु अलपत्र परेको भन्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको स्थानिय शिव डाँगीले जानकारी दिए ।

उनिहरुले आईतवार कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र उप प्रमुख सञ्जु कुमारी थारुलाई ज्ञापन पत्र बुझाउदै आन्दोलनको चेतावनि दिईएको हो ।
पुर्वाधार बिकास कार्यक्रम अन्तरगत  सघीय सासद महेश्वर गहतराज अथकको संसद बिकास कोष मार्फत कोहलपुर नगरपालिका वडा नं ६ को डि.भि.एस.स्कुल देखि दक्षिण नहर सम्म जाने बाटो कालोपत्रे , सोहि सडकको बरको बुटो देखि नमस्ते यातायत सम्म जाने बाटो कालोपत्रे , कोहलपुर ६ कै शिव मन्दिर देखी बुद्ध चोक आउने बाटो कालोपत्रे , नगरको गौरवको आयोजना अन्र्तगतको बाटो कालोपत्रे लागायतका काम हरु ठेक्कामा लिएका निर्माण कम्पनिहरुले चरम लापरवाही गरेको मंगलवार देखि कोहलपुर नगरपालिकामा तालाबन्दी गर्ने तयारी भई रहेको स्थानिय शिव डाँगीले जानकारी दिए ।

Nabintech