२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बृक्षा रोपन गर्दै मदनलाई स्मरण गरियो


तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।भण्डारीको जन्मजयन्तीका अवसरमा आज  प्रदेश नं ५ का सवै जिल्लाहरुमा बृक्षारोपन गरी मानाईएको मदन भण्डारी फाउण्डेशन प्रदेश नं ५ का अध्यक्ष सुर्य ढकालले नयाँ कोर्सलाई बताए । प्रदेश अध्यक्ष ढकालको प्रमुख अतिथ्यमा आँप,लिचि,केरा मेवा अमाला का विरुवाहरु कोहलपुरमा रोपिएको हो ।

विसं २००९ असार १४ गते ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँधुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोरा मोतीराज भण्डारीको रुपमा मदन भण्डारीको जन्म भएको थियोे ।

पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा वि .संं २०५० जेष्ठ ३ गते दास ढुङ्गामा भएको गाडि दुर्घटनामा जीवराज आश्रितसंग जिवन गुमाउन पृुग्नुभएका भण्डारी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका, सिद्धान्तनिष्ठ राजनीतिज्ञका प्रवर्तक हुनुहुन्छ ।

उहाँले दिनुभएका योगदानलाई चिरस्थायी बनाउने उदेश्यले वि.सं. २०५६ सालमा मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापित मदन भण्डारी फाउण्डेशनले हरेक वर्ष देशव्यापीरुपमा विविध कार्यक्रम गरी मदन जयन्ती मनाउने गरेको छ ।

यस पटक विश्वमा फैलिएको महामारीबाट ‘आफु पनि बँचौ र अरुलाई पनि बचाऔं’ भन्ने उदेश्यले कोभिड–१९ का कारण फरक ढंगले जन्मजयन्ती मनाउने योजना बनाएको फाउन्डेशनले जनाएको छ ।

Nabintech