१७ श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
 मापदण्ड बिपरितका २४ क्रसर उद्योग आजैबाट बन्द गराउने निर्णय


नेपालगन्ज/ जिल्ला समन्वय समितिलले बाँकेमा रहेका मापदण्ड विपरितका २४ वटा क्रसर उद्योग आईतवारबाट लागु हुने गरी बन्द गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिका रामबहादुर कुरुम्बागंका अनुसार ती क्रसर उद्योग बन्द गर्ने निर्णय भएको हो । क्रसर उद्योग यसअघि नै बन्द गराउनुपर्ने आवाज उठ्दै आएको थियो ।

नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुनर्संरचना भै कायम भएका स्थानीय तहमा कार्यविधि स्वीकृत भएको मितिले ६ महिनाभित्र सूचिकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।

उद्योगको क्षमता अनुसार पहाडी क्षेत्रमा न्यूनतम् दश रोपनी र तराई तथा भित्री मधेशमा कम्तीमा एक विगाहा जग्गा उद्योगको स्वामित्व वा लिज वा भाडामा रहेको हुनुपर्ने ब्यवस्था छ । तर यहाँ सञ्चालित क्रसर उद्योगहरु कुनै पनि मापदण्डभित्र पर्दैनन् भने दर्तासमेत भएका छैनन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाँकेमा १६ वटा क्रसर उद्योग र ५ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन् ।

बाँकेमा सञ्चालित अबैध तथा मापदण्ड विपरित क्रसर र बालुवा प्रसोधन उद्योगहरु का विषयमा नयाँ कोर्सले बारम्वार समाचार प्रकासन गर्दै आएको थियो ।

Nabintech