२० फाल्गुन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मदन जयन्ती को सन्दर्भमा खजुरामा सप्ताहव्यापी बृक्षारोपण


कोहलपुर/ ६९ औं मदन जयन्ती को सन्दर्भमा नेकपा खजुरा गाउँपालिकाले सप्ताहव्यापी बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । नेकपाले खजुरा गाँउपालिका वडा नं ६ को खजुरा औधोगिक ग्राममा वृक्षारोपण कार्यक्रम गरेको गाँउपालिका कमिटी अध्यक्ष राज कुमार बिकले जानकारी दिए ।
बृक्षा रोपण कार्यक्रममा बोल्दै नेकपा प्रदेश ५ कमिटी सदस्य डम्वर बिक तुफानले जन नेता भण्डारी राष्ट्रयता प्रतिको लगाव सबैले मनन गनुपर्ने धारणा राखे । कार्यक्रममा नेकपा प्रदेश ५ कमिटि सदस्य बेद निधि प्याकुरेल,नेकपा खजुराका ईन्चार्ज भिम ओली , नेकपा नेता एंव खजुरा गाँउपालिका अध्यक्ष किस्मत कक्षपती लगायत नेकपाका नेता कार्यक्रर्ता र सर्वधारणरको सहभागिता रहेको थियो ।
नेकपा अध्यक्ष बिकले आईतवारबाट सुरु भएको कार्यक्रम एक हप्ता सम्म जारी रहने नयाँ कोर्सलाई जानकारी दिए । बिकका अनुसार आईतवार झण्डै १ हजार बिरुवा रोपिएको छ ।

Nabintech