९ आश्विन २०७७, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मदन भण्डारीले अघि सार्नुभएको बाटोमा पार्टी अगाडि बढ्नुपर्छ 


आजको दिनमा मदन भण्डारीलाई सम्झिँदा उहाँको जीवनका तीन कालखण्डलाई आधार बनाएर विश्लेषण गर्दा सान्दर्भिक होला । पहिलो, उहाँ नेपालको राजनीतिभित्र अध्ययनशील, तीव्र वैचारिक सङ्घर्षमा अग्रसर कार्यकर्ताका रूपमा हुनहुन्थ्यो । पुष्पलाल समूहभित्रको एउटा गतिशील पङ्तिको उदीयमान कार्यकर्ताको पहिचान बनाउनुभयो । मुक्ति मोर्चामार्फत उहाँले विद्रोह र झापा आन्दोलनसँग जोडिनुभयो । त्यहाँ रहेको उग्रवामपन्थविरुद्धको सङ्घर्ष गरी सही धार निर्माण गर्नेक्रममा वैचारिक र सही पहलकदमी लिनुभयो । पञ्चायतविरोधी आन्दोलनका आधार तयार गर्ने काम पनि गर्नुभयो । त्यतिबेला उहाँको भूमिका मूलतः वैचारिक पक्षमा बढी केन्द्रित रह्यो । दोस्रो– पार्टीको महासचिवको जिम्मेवारीमा आइसकेपछि संयुक्त जनआन्दोलनको आधार निर्माण गर्ने काम गर्नुभयो । पुरानो पुस्ता र नयाँ पुस्ताको आन्दोलनका बीचमा फ्युजन ९संयोजन० गर्ने काम गर्नुभयो ।

विश्व कम्युनिस्टमा देखिएको उतारचढावको विश्लेषण गरी नेपालको कम्युनिस्ट आन्दोलनको माध्यमबाट विश्व कम्युनिस्ट धार निर्माण गर्ने काम गर्नुभयो । पार्टीकै कामका सिलसिलामा रहेका बेला २०५० जेठ ३ गते उहाँको रहस्यमय जिप दुर्घटनापछि निधन हुन पुग्यो । त्यसपछि अझ गहिराइका साथ मान्छेले उहाँको योगदानलाई आत्मसात् गरे । उहाँले अगाडि सारेका मान्यताहरू नेपालको राजनीतिभित्र बढी ग्रहणीय बन्न पुने । कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवाद ९जबज० उहाँले प्रस्तुत गर्नुभयो । पछि त्यसलाई नेपाली कम्युनिस्ट आन्दोलनको मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गरियो । वास्तवमा उहाँ समकालीन नेपाली राजनीतिका अत्यन्त अग्लो व्यक्तित्व, शिखर पुरुष हुनुहुन्थ्यो । बक्तृत्वकला, अध्ययनशीलता र उहाँको उच्च व्यक्तित्वजस्ता कुराले पनि काम गरेको थियो । निधन भएपछि नेपाली समाजले उहाँको अभावलाई गहिरो गरी बोध ग¥यो ।

२१औँ शताब्दीको आरम्भमा बीबीसी नेपाली सेवाले गरेको अध्ययनका आधारमा नेपालको सयवर्षे राजनीतिक इतिहासमा सबैभन्दा प्रभावशाली राजनीतिक व्यक्तित्व ‘मदन भण्डारी’ रहनुभयो । छोटो समयमा जुन उचाइ उहाँले हासिल गर्नुभयो, विरलै व्यक्तिले प्राप्त गर्न सक्छन् । आज नेपालको राजनीति मदन भण्डारीका सोचबाट निर्देशित भइरहेको छ । शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको बाटोबाट कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न सकिन्छ भन्ने उहाँको सोच थियो । पुँजीवादी बुर्जुवा शक्तिलाई प्रतिस्पर्धाबाटै पराजित गरेर नेतृत्व हासिल गर्न सकिन्छ भन्ने जुन आत्मविश्वासको मान्यता उहाँले बोक्नुभयो, २१औँ शताब्दीको कम्युनिस्ट पार्टीलाई कस्तो बनाउने भन्ने कुरालाई नेपालको कम्युनिस्ट आन्दोलनले प्रमाणित गरेको म ठान्छु । तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० यी दुई पार्टीको एकता पछाडि भएको निर्वाचनबाट झन्डै दुईतिहाइ मत ल्याउने जग नै मदन भण्डारीको वैचारिक मान्यता थियो । त्यो वैचारिक मान्यता स्थापित नभएको भए सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सम्भव हुँदैनथ्यो ।

तेस्रो, संविधानसभाबाट ऐतिहासिक नयाँ संविधान निर्माण गर्नेक्रममा प्रजातान्त्रिक र वामपन्थी शक्तिबीच जुन सफल सहकार्यसाथ सकारात्मक परिवेश निर्माण भयो, त्यसको आधार पनि मदन भण्डारीकै वैचारिक सफलता थियो । नेपालको राजनीतिभित्र यो मान्यतालाई सफल ढङ्गबाट स्थापित गर्ने काम उहाँकै वैचारिक सफलता मान्न सकिन्छ । त्यस अर्थमा अहिलेको राजनीतिक जुन दिशा छ, उहाँ नै आज केन्द्रीय भागमा हुनुहुन्छ । उहाँको मान्यताबाट पृथक रूपमा नेपाली राजनीतिलाई अगाडि बढाउन सम्भव छैन । त्यसैले, उहाँको विचारको सान्दर्भिकता अहिले पनि यथावतै छ । अर्को, दुई दलको एकतापछि मदन भण्डारीलाई कसरी ग्रहण गर्ने भन्ने विषय महत्वसाथ उठेको थियो । दासढुङ्गा घटना भएकै दिनमा पार्टी एकताको शुभारम्भ भएसँगै पार्टीले उहाँलाई उच्च सम्मान दिएको अर्थ लाग्छ । यसै वर्ष जेठ ३ मा दुवैजना अध्यक्षले संयुक्त रूपमा जारी गर्नुभएको विज्ञप्तिमा मदन भण्डारीको योगदानको उच्च मूल्याङ्कन गरिएको छ । ‘एकीकृत पार्टीका लागि पनि उहाँ मार्गनिर्देशक व्यक्तित्वका रूपमा रहनुभएको छ’ भन्ने देखिन्छ । नेपालको संविधान निर्माणको सन्दर्भमा हामीले जुन सैद्धान्तिक मान्यतालाई आत्मसात् ग¥यौँ, त्यो उहाँकै सैद्धान्तिक मान्यता हो । हामीले मदन भण्डारीलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्रका वैचारिक नेता, सिद्धान्तकारका रूपमा ग्रहण गरेका छौँ ।

हाम्रो संविधानका केही अलग विशेषता छन् । शान्तिपूर्ण, वैधानिक बाटोबाट समाजवाद निर्माणका आधार तर्जुमा गर्नेखालको काम संविधानले गरेको छ । अर्कोतर्फ हाम्रो संविधानले लोकतन्त्रका आधारभूत मान्यतालाई महत्वसाथ स्थापित गरेको छ । जनताको बहुदलीय जनवाद ९जबज० ले जनवादका १४ विशेषता भनेर जे कुरालाई अगाडि सारेको छ, त्यसका आधारभूत विषयलाई संविधानले आत्मसात् गरेको छ । संविधानले स्वतन्त्रता, सामाजिक न्यायको पक्ष र जनजीविकाको पक्षलाई त्यत्तिकै महत्व दिएको छ । मदन भण्डारीले अगाडि सारेका मान्यतासँग त्यो मेल खान्छ । संविधानभित्र राज्यका मार्गनिर्देशक सिद्धान्तका रूपमा आर्थिक विकासको बाटो– निजी, सहकारी र सार्वजनिक क्षेत्रलाई सँगसँगै लिएर जाने मान्यता पनि मदन भण्डारीद्वारा निर्देशित मान्यता हुन् । त्यो हिसाबले हेर्दा पनि संविधानले भविष्यको नेपालको परिकल्पनाको आधारका रूपमा पनि निर्देशन प्राप्त गरेको छ ।

स्वरूप र ‘सार’ को कुरा गर्दा माक्र्सवादी शक्तिले सारलाई मान्यता दिन्छ । मदन भण्डारीका सोच र मान्यता सारमा केन्द्रित थिए । कम्युनिस्ट आन्दोलनको विशेषताका रूपमा मदन भण्डारीले बहुदलीयतालाई जोड दिनुभयो । नेकपाले अगाडि सारेको विधान, प्रतिवेदनले पनि जबजलाई आत्मसात् गरेको छ । विचारधारात्मक प्रश्नमा महाधिवेशनका समयमा आवश्यक छलफल गरेर निचोडमा पुग्ने कुरा भएको छ । त्यतिबेला यी विषयमा जीवन्त छलफल होला नै । नेपालको कम्युनिस्ट आन्दोलनले जुन खालको विशेषता आर्जन गरेको छ, त्यसलाई संश्लेषण गर्ने काम एकीकृत पार्टीबाट हुन सकेको छैन । माक्र्सवाद लेनिनवादलाई नेपाली भूमिमा प्रयोग गर्ने सन्दर्भमा आर्जन गरेका विशिष्ट अनुभवहरू नै हाम्रा मार्गदर्शक हुन् । आजको दुनियाँमा माक्र्सवाद लेनिनवादमात्र भनेर कम्युनिस्ट आन्दोलनलाई जीवन्त ढङ्गले अगाडि बढाउन सम्भव छैन । त्यसको जगमा अगाडि निर्देशन गर्ने मान्यता के हुन् भन्ने निचोड निकाल्न बाँकी नै छ, एकताको महाधिवशेनमा टुङ्गो लगाउनेमा हामी सहमत छौँ । कुनै पनि चीजका लागि त स्थिति परिपक्व हुनुपर्छ । हामी दुई आन्दोलनबाट आएका शक्तिलाई एक ठाउँमा रूपान्तरण गर्न समय लाग्छ । अहिलेसम्म जे–जति प्रगति भएका छन्, सकारात्मक छन् ।

माओवादी आन्दोलन पनि २१औँ शताब्दीको जनवादको रूपान्तरणकै प्रक्रियामा थियो । पछिल्लो समय माओवादी केन्द्र हिँडिरहेको बाटो र नेकपा ९एमाले० हिँड्ने बाटो एउटै भएर एकता सम्भव भयो । मदन भण्डारीले अघि सार्नुभएको मूल्य–मान्यताकै बाटोमा अब अगाडि बढ्नुपर्छ । यो हरकोहीलाई बोध भएकै कुरा हो । पार्टी जति ठूलो हुन्छ, समस्याको दायरा बढ्दै जान्छ । जिम्मेवारीको अभिभारा पनि बढ्दै जान्छ । सानो पार्टीबाट राष्ट्रिय दायित्व वहन हुन सक्दैन । हामी एकताको प्रक्रियामा अघि बढिसकेकाले यसलाई सफल पार्नुको विकल्प हामीसँग छैन । बलियो शक्तिले नै मुलुकमा समाजवाद ल्याउन सक्छ । हामी एक त भयौँ तर मन जोडिन बाँकी छ । पार्टी एक भयो तर सङ्गठन जोड्न बाँकी नै छ । अहिलेकै अवस्था रहिरहनु उचित होइन । पार्टी बनिसकेपछि विचार, सङ्गठन र उद्देश्यका हिसाबले एकै गन्तव्य र लक्ष्यतिर निर्देशित हुनैपर्छ । अहिले पनि पुराना सोच र शैलीले काम गरिरहेको देखिन्छ । ठसठस कन्दै इतिहासका भारी बोकेर अगाडि बढ्दा हाम्रो यात्रा अवरुद्ध हुन्छ । इतिहासप्रति हेक्का राख्नुपर्छ तर हामीले वर्तमानमा उभिएर भविष्यतर्फ आफूलाई केन्द्रित गर्नुपर्छ । यसो गर्दा मतभेद सजिलै हल हुन्छन् । इतिहासका प्रश्नमा अल्झिने हो भने मतभेदले हामीलाई खाइदिन्छ । एकीकृत पार्टीका सन्दर्भमा पनि हामीले यो विषयमा ध्यान दिनुपर्छ ।

मदनले जहिल्यै भन्नुहुन्थ्यो, ‘नयाँ सन्दर्भहरू र नयाँ विषयहरूप्रति सही प्रकारका निष्कर्ष निकाल्नुपर्छ ।’ उहाँ पुराना प्रश्नमा धेरै अल्मलिनुभएन । नयाँ प्रश्न सुल्झाउनमा ध्यान दिनुभयो, त्यसैले उहाँ सफल देखिनुभयो । यद्यपि, उहाँले पनि इतिहासको सही समीक्षा गर्नुपर्छ भन्नुहुन्थ्यो । तर, त्यसमै अल्मलिनुपर्छ भन्ने उहाँको जोड थिएन । आजको सन्दर्भमा पनि हामीले सोच्ने तरिका त्यही हो । समस्या नयाँ हुने तर समाधानको तरिका पुरानो भएर हुँदैन, नयाँ नै हुनुपर्छ । नयाँ समस्याको पुरानो समाधानले कहिलेकाहीँ मात्र सफलता प्राप्त हुन्छ । ‘सिद्धान्तको रङ खैरो हुन्छ, जीवनको रङ हरियो हुन्छ’ उहाँले भन्नुहुन्थ्यो । सिद्धान्तले जीवनलाई पछ्याउनुपर्छ । ‘जीवनसँग नजोडिएको सिद्धान्तको कुनै अर्थ हुँदैन’ उहाँको मान्यता थियो । हामीकहाँ सिद्धान्तवादको ठुल्ठूला बहस भए तर त्यसले समाजलाई डो¥याउन सकेन । ‘हामीले निर्माण गर्ने सिद्धान्तले जनताको जीवनमा परिवर्तन ल्याउन सक्नुपर्छ’ भन्ने मान्यताको पैरवी मदनले गर्नुभयो । साँघुरो दायरामा रहेको कम्युनिस्ट आन्दोलनमार्फत विशाल जनताको पङ्तिलाई विजयमा पु¥याउन सफल हुनुभयो । उहाँकै वैचारिक मार्गदर्शनमै पहिलो निर्वाचित कम्युनिस्ट सरकार निर्माण गर्न सफल भयौं । अगाडिको बाटो के भन्ने उहाँले दिशानिर्देश गर्नुभएको छ । आज पनि समस्या धेरै छन् तर समाधानका उपाय छन्, खोज्न सक्नुपर्छ । विगतमा हामी कुन बाटोबाट हिँड्यौँ भन्ने बहसमा अल्झिन थाल्यौँ भने हुँदैन । आजको प्रश्न र भविष्यको प्रश्नमा केन्द्रित भयौँ भने समस्या समाधान हुन्छ । अहिले नेकपाको एकताको आधार पनि यही हो । यही ढङ्गले अगाडि बढ्न सक्नुपर्छ ।

कम्युनिस्ट आन्दोलनभित्रको आधारभूत एकता सम्पन्न भइसकेको छ । केही हाँगाबिँगा जोडिन बाँकी छन् । मूल आन्दोलनका बीचमा एकता भइसकेपछि हाँगाबिँगाले खासै फरक पार्दैनन् । तर, जोड्न सके राम्रो हुन्छ । अब हामी यसैलाई आत्मसात् गरेर अघि बढ्न सक्यौँ भने सफल हुन्छौँ । (गोपबाट साभार)

Nabintech