३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेका क्रसर र प्रशोधन उद्योग अबैध र मापदण्ड बिपरित


कोहलपुर/ राप्तीसोनारी गाउँपालिकामा सञ्चालिन क्रसर उद्योगहरु अबैध रहेको पाईएको छ । राप्ती सोनारी गाउँपालिका भित्र सञ्चालित क्रसर उद्योगहरुले बिभिन्न आयोजनाका नाममा सञ्चालन अनुमति पाएका भएपनि नबिकरण नगरेरै सञ्चालन गरेको पाईएको हो । घरेलु तथा सान उद्योग कार्यालय बाँकेका अधिकृत उजिर प्रसाद न्यौपानेका अधिकाँस क्रसर उद्योगहरु अबैधानिक रहेको बताए ।
क्रसर उद्योगका साथै राप्ती सोनारी क्षेत्रमा सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योगहरु पनि मापदण्ड बिपरीत रहेको उनको भनाई छ । न्यौपानेका अनुसार नेपाल सरकारले क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु पनि पछिल्लो मापदण्ड बिपरित छ । क्रसर तथा बालुवा प्रशोधन उद्योग मापदण्ड २०७६ अनुसार बन क्षेत्र र नदि क्षेत्रबाट कम्तीमा १ किलोमिटर भन्दा पर हुनुपर्ने छ ।
तर, हाल सम्म कुनैपनि क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगले मापदण्ड पुरा गरेका छैनन् । मापदण्ड पुरा गर्नका लागि गाँउपालिका मार्फत पटक पटक ताकेता गरेको जानकारी दिदै न्यौपानेले असार मसान्त भित्र बाँकेका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गर्ने तयारी भई रहेका जानकारी दिए ।
बाँके जिल्लामा नदीजन्य पदार्थ चोरी निकासी व्यापक भइरहेको जनगुनासोपछि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग आफैंले चासो लिएका छन् । उनकै सक्रियतामा टिपर र ट्याक्टर गरी एक दर्जन गाडीलाई नियन्त्रणमा लिएर नौ जनाविरुद्ध मुद्दा चलाइएको छ ।
‘राजस्व नतिर्ने, ढुंगा चोरी गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौं । सम्बन्धित गाउँपालिकालाई सरकारी राजस्व तिर्नेलाई मात्रै काम गर्न दिन्छौं,’ उनले भने । लकडाउनका कारण लामो समयदेखि विकासका काम रोकिएका कारण पालिकाहरूलाई केही दिनका लागि नदीजन्य पदार्थ उत्खनन गर्न दिन आग्रह गरिएको बताए ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बाँकेमा १६ वटा क्रसर उद्योग र ५ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन् । तीनवटा मात्रै क्रसर उद्योग नयाँ दर्ता गरेका छन् । कतिपय क्रसर र बालुवा प्रशोधन उद्योग दर्ता बिना नै पनि सञ्चालनमा छन । जिल्ला प्रशासन कार्यालय बाँके श्रोतका अनुसार जिल्लामा बैध र अबैधगरि २७ क्रसर उद्योग सञ्चालनमा छन । डुडुवाको जय नेपाल, बाबा स्टोन नरैनापुर र शिवशंकर कोहलपुर नवीकरण भएका छन् । राप्ती सोनारी गाउँपालिका भित्रका कुनैपनि क्रसर उद्योग नबिकरण भएका छैनन । बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने झिझरी खोलामा रहेको दीपक क्रसर उद्योग नवीकरण छैन । उक्त क्रसर उद्योग लामो समयदेखि निकुञ्ज क्षेत्रमा सञ्चालन गरिए पनि कुनै रोकटोक छैन । निकुञ्जभित्र सर्वसाधारणको प्रवेशमा प्रतिबन्ध लगाइएको छ । तर क्रसर उद्योग निर्वाध चलेको छ ।
राप्ती सोनारी ६ मा रहेका भाग्य लक्ष्मि बालुवा प्रशोधन उद्योगले बालुवा प्रशोधनको लाईसन्स लिएर क्रसर उद्योग सञ्चालन गरि रहेको स्थानियले बताएका छन । एक वर्ष पहिला राप्तीसोनारी ६ मा राप्ती गणेश बालुवा उद्योग र राप्ती सोनारी प्रोसेसिङ्ग उद्योग दर्ता भई काम सुरु गरेकाछन् ।
राप्ती सोनारी ६ मै नबिन श्रेष्ठले अबैध रुपमै बिना दर्ता क्रसर उद्योग सञ्चालन गरि रहेको श्रोतको दाबि छ ।
राप्ती सोनारी ६ मै राष्ट्रिय गौरवको आयोजनाका नाममा सामुदायिक बन क्षेत्र भित्र कालिका जेभि कुमार कन्ट्रकसनले क्रसर उद्योग सञ्चालन गरि रहेको श्रोतले बताएको छ । राप्ती सोनारी २ मा शक्ति माँ क्रसर उद्योग बन क्षेत्रमा अबैध रुपले सञ्चान भई रहेको स्थानियले बताएका छन ।
राप्ती सोनारी ६ मै जय बागेश्वरी बालुवा प्रशोधन उद्योग मापदण्ड बिपरीत सञ्चालनमा रहेको स्थानियको भनाई रहेको छ ।
राप्ती सोनारी २ मा राप्ती बालुवा प्रशोधन उद्योग गतबर्ष देखि सञ्चालित छ । अघिल्लो बर्ष देखि मात्रै सञ्चालनमा आएपनि उक्त प्रशोधन उद्योग मापदण्ड बिपरीत रहेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेले जनाएको छ । अघिल्लो बर्ष सञ्चालन अनुमति लिने बेला बन क्षेत्र र नदि बाट ५ सय टाढाँ हुनुपर्ने मपदण्ड थियो । एक सञ्चालक भने । यस बर्ष मापटण्ड परिवर्तन भएछ उनले भने । प्रत्येक बर्ष मापदण्ड परिर्वतन हुदा व्यावसयी लाई निकै समस्या भएको छ । उनले करोडौ लगानिमा उद्योग स्थपना हुने र बर्षेनि मापदण्ड परिर्वत गर्दै जादा व्यवासायी निकै समस्यामा परेको नयाँकोर्स लाई बताए ।
बालुवा प्रशोधन उद्योग र क्रसर उद्योगलाई एउटै मापदण्ड निर्माण हुँदा व्यवसायी समस्यामा परेको उनिहरुको गुनासो छ । उनिहरुले मापदण्ड पुरा गर्न कम्तिमा एक बर्षको समय राज्यले दिनुपर्ने माग गरेका छन । एक वर्षमा भित्र मापदण्ड पुरगर्ने राज्यले समय दिनुपर्छ दिनुपर्छ , एक व्यावासयीले भने ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका कार्यालय प्रमुख जय राम चौधरीले धेरैजसो क्रसर र बालुवा प्रशोधन उद्योग मापदण्डविपरीत रहेका बताए । उनले जंगल र राष्ट्रिय निकुञ्जको क्षेत्रभन्दा एक किलोमिटर टाढाको दूरीमा क्रसर उद्योग सञ्चालन गर्न पाइने बताए । ‘सबै मापदण्डविपरित सञ्चालनमा छन् । उनले बालुवा प्रशोधन र क्रसर उद्योग सञ्चालन गर्न अनिवार्य बातावरणीय प्रभाव मुल्याङकन गनु पर्ने प्रावधान रहेको नयाँ कोर्सलाई जानकारी दिए ।
बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका नदि जन्य पदार्थको मुख्य श्रोत होे । सो क्षेत्रका कुनैपनि नदि र खोलामा ठेक्का नपरेपछि राप्ती नदी, मुगुवा, खैरी र झिझरीलगायतका खोलाबाट रातारात नदीजन्य पदार्थ चोरी गरी निर्बाध रूपमा क्रसर उद्योग सञ्चालन भएका हुन् ।
यसअघि पालिकाले नदीजन्य पदार्थ उत्खननका लागि १६ करोडमा ठेक्का दिएको थियो । तर यस वर्ष राप्ती सोनारी गाउँपालिकाको ठेक्का लगाउन नसक्दा नदिजन्य पदार्थको ठेक्का लगाउन नसक्दा थप जटिलता पैदा भएको हो ।
५ओटै खोलानाला एक मुष्ट ठेक्का लगाउनका लागि पहिलो टेण्डर १३ करोड ९८ लाखमा सदर हुदा पनि पालिकाले सो टेण्डर सदर गराउन सकेन । भने पटक पटकको टेष्डर पालिकाको लापरवाहीले टेष्डर बदर हुने अवस्था सृजना भएको थियो ।
कतिपय क्रसर उद्योग आयोजनाका नाममा सञ्चालित छन् । हुलाकी राजमार्ग, सहरी विकास आयोजनाका लागि पनि क्रसर उद्योग सञ्चालनमा छन् । विकासका आयोजनाले एउटा क्रसर सञ्चालन गर्न पाउने कानुनी व्यवस्था छ । तर, सञ्चालनमा आएका अधिकांश क्रसर उद्योगहरू बिना आयोजनाका छन् ।
तर, क्रसर उद्योगका सञ्चालकहरूले भने गत वर्षकै नदीजन्य पदार्थ स्टक रहेकाले त्यसैले काम चलाइरहेको दाबी गरेका छन ।

Nabintech