१२ मंसिर २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँके र बर्दियाका २३ जना कोरोना संक्रमित डिस्चार्ज


शनिबार बिहान बाँकेका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट बाँके र बर्दियाका २३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइ घर गएका छन । बाँकेका विभिन्न पालिकाका १८ जना र बर्दियाका ५ गरी शनिबार बिहान २३ जना डिस्चार्ज भइ घर गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, डिस्चार्ज भइ घर जानेमा आदर्शनगर आइसोलेसन सेन्टरबाट राप्तिसोनारी गाउँपालिकाका विभिन्न वडाका १२ जना, सुशील कोइराला क्यान्सर अस्पतालबाट २ गरी १४ जना रहेका छन ।

त्यसैगरी, आइसोलेसन सेन्टर खजुराबाट खजुरा गाउँपालिकाका ३ जना, सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट नेपालगन्जका एकजना र बर्दियाका ५ जना र कपिलबस्तु की एक महिला नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट गरी २४ जना रहेका छन । कोहलपुर मेडिकल कलेजका सह निर्देशक डा. नितेष कुमार कनोडियाले कोरोना संक्रमित अछाम चौरपाटी गाउँपालिकाकी २५ वर्षिय १८ हप्ताकी गर्भवति महिला नर्मल वार्डमा रहेको र कपिलवस्तु कृष्णनगरकी २७ वर्षय ३८ हप्ताकी गर्भवति महिलाको सफल शल्यक्रिया गरिएको र अहिले उनको पीसीआर परिक्षण गर्दा रिपोर्ट नगेटिभ आए पछि अनिलाई शनिबार बिदाई गरिएको छ । भनेको अबस्था सामान्य रहेको कोहलपुर मेडिकल कलेजका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए । बाँकेमा हालसम्म ३५० जनामा कोरोना पुष्टि भएको मध्ये २ जनाको मृत्यु भइसकेको र ४६ जना आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Nabintech