११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मुल्य निर्धारण पछि मासु बिक्री बन्द


कोहलपुर/ जिल्ला प्रशासन कार्यालय बाँकेले खसी र बोईलर कुखुराको मासुको मुल्य निर्धारण गरे पछि व्यवासायीहरुले मासु बिक्रि गर्न छाडेका छन ।
मासुजन्य पदार्थमा चरम मुल्य बृद्धि भएको गुनासो बढ्दै गएको बेला प्रशासनले मुल्ल निर्धारण गरेको भएपनि व्यावासयीले भने मासु बिक्रि गर्न बन्द गरेर प्रशासनको निर्णयको बिरोध जानाएका छन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको उपस्थितिमा मासु व्यावसायी तथा उपभोक्ता मञ्च लगायतका प्रतिनिधिहरु सहितको बैठकले अर्को निर्णय नहुँदासम्म खसिको मासु प्रति किलो ८ सय र बोइलर कुखुराको मासु प्रतिकिलो ३ सय ५० तय गरेको थियो ।
बाँकेमा नोबेल कोरोना भाईरस (कोभिड १९) संक्रमणको कारण गरीएको लकडाउनको बाहाना बनाउदै मासु व्यावसायीले खसिको मासु प्रति किलो १ हजार र बोइलर कुखुराको मासु प्रतिकिलो ४ सय ५० मा बिक्रि बितरण गरेको व्यापक जनगुनासो आएपछि प्रशासनले पुरानै मुल्यमा विक्रिबितरण गर्ने निर्णय गरेको थियो ।
पशुपन्छि व्यवसायी, उपभोक्ता मञ्च, मासु व्यावसायी र पशुज्ञान केन्द्र लगायतको सहभागितामा मासुको मुल्य समायोजनको लागि एक अध्ययन समिति निर्माण गरिएको छ ।
सो अध्ययन समितिले मुल्यको बारेमा अध्ययन प्रतिबेदन नबुझाउदा सम्म खसिको मासु प्रति किलो ८ सय र बोइलर कुखुराको मासु प्रतिकिलो ३ सय ५० मा बिक्रि बितरण गर्नुपर्ने छ । सो मुल्य भन्दा बढीमा बिक्रिगरेको पाईएमा कालोबजारी ऐन अन्तरगत कारवाही गरीने सहमती समेत भएको छ ।
कोहलपुर १० मा रहेको थापा फ्रेस हाउनका सञ्चालकले आफुहरुले २ सय ९० रुपैया किलो बोईलर कुखुरा किनेर ३ सय ५० मा बेच्न नसकिने भएकाले बिक्रि बन्द गरेको नयाँ कोर्सलाई जानकारी दिए ।
सप्लायर्सहरुले कुखुराको मुल्य बृद्धि गरेकाले आफुहरुले मासुको मुल्य वढाउनु परेको उनले गुनासो गरे । जिउदो कुखुरा २ सय ५० रुपैया सम्म पाएमा आफुहरुले ३ सय ५० मा मासु बिक्रि गर्न सकिने उनको भनाई छ ।

Nabintech