११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर रेडक्रसद्धारा क्वारेन्टाईनमा खाद्यान्न उपलब्ध


नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले स्थापना दिवसको अवसर पारी खाद्यान्न सहयोग गरेको छ । रेडक्रस कोहलपुर उपशाखाको १६ औं स्थापना दिवसको अवसर पारी कोहलपुर–११मा रहेको बागेश्वरी बहुमुखी क्याम्पसको क्वारेन्टाईमा खाद्यान्न सहयोग गरेको हो । नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा मार्फत क्वारेन्टाईनका लागि एक क्वीन्टल चामल, १० केजी दाल, १० केजी नुन र पाँच लिटर तेल हस्तान्तरण गरिएको छ । खाद्यान्न सहयोग गर्दै नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले उपशाखाको स्थापना दिवसको अवसर पारी खाद्यान्न सहयोग गरिएको बताएका छन् । साथै उनले कोरोना भाईरसको महामारीको बेला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन् । कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले मानविय सेवामा समर्पित संस्था रेडक्रसले खाद्यान्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आवश्यक सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् । उक्त क्वारेन्टाईनमा हाल ३९ जना रहेको वडा अध्यक्ष थापाले जानकारी दिएका छन् ।कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका कार्यालय प्रमुख लाल बहादुर रानाले रेडक्रसले कोरोना भाईरसका बिच विभिन्न कार्यहरु गरीरहेको जानकारी दिँदै आगमि दिनहरुमा पनि जनताको दुखमा रेडक्रस संधै रहने बताएका छन् ।

Nabintech