३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा बिकासका काम अलपत्र


कोहलपुर/कोहलपुर नगरपालिका वडा नं ६ का खड्क प्रकास गिरी डिभिएस चोक देखि नहर सम्म जोडने बाटो कालोपत्रे हुने भए पछि स्थानीयहरु निकै खुसी भए । बाँके क्षेत्र नं १ का संघीय साँसद महेश्वर गहतराज अथकको पुर्वाधार बिकास कार्यक्रम अन्र्तगत ५० लाख र कोहलपुर नगरपालिकाको १० लाख गरि ६० लाखको लागतमा ६ सय ५० मिटर बाटो पिच गर्न कोहलपुर नगरपालिकाले टेण्डर समेत आवहन गर्यो । टेण्डर अवहान पश्चात निर्माण कम्पनी निसान बिल्डर्स नौवस्ता ८ बाँकेले ले ३७ लाखमा ६ सय ५० मिटर बाटो पिच गर्ने ठेक्का स्वकृत भयो ।
ठेक्का स्वकृत भएपछि फागुन महिनामा ग्राबेल हालेस सव बेस बनाउन सुरु गरेको ठेकेदार कम्पनीले असार मसान्त आउन लाग्दा समेत काम अगाडी बढाउन नसेकेपछि स्थानीय वासिन्दामा भने नैराश्यता छाएको छ । ठेकेदार कम्पनीले काममा लापरवाही गरेका कारण स्थानीयको खुशि धेरै समय टिक्न सकेन । स्थानिय खडक गिरीले ठेकेदार कम्पनीको लापरवाहीले बजेट काम नभई फिर्ता जान लागेको भन्दै दुख व्यक्त गरे ।
ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण कोहलपुर नगरपालिका वडा नं ६ मा बरकोबुटो हुँदै नमस्ते नेपाल यातायात प्रा.ली जाने बाटो,शिव मन्दीर देखि बुद्ध चोक जाने बाटो र नगर गौरवको आयोजना अन्र्तगतका बाटोहरु अलपत्र अवस्थामा छन ।
कोहलपुर ६ का समाजसेबी शिव डाँगीले उपकरण नै नभएका ठेकदार कम्पनीलाई कामको जिम्मा दिन समयमै काम नहुने र बजेट फिर्ता जाने समस्या पैदा भएको बताए । उनले सयममै गुणस्तरीय कामका लागि स्थानिय सरकारले नै निर्माण कम्पनिहरुको मापदण्ड बनाउनु पर्नेमा जोड दिए ।
कोहलपुर नगरपालिकाले ठेकेदार कम्पनिहरुलाई समयमै ताकेता नगर्दा यस बर्प कोहलपुर नगरपालिका भित्रका अधिकाँस काम लथालिङ अवस्थामा रहेको एक वडा अध्यक्षले नाम नवताउने सर्तमा नयाँकोर्सलाई बताए । उनले बिकासको काममा स्थानिय नगर सरकारले ताकेता नगर्दा अधिकाँस बिकासका काम लथालिंग अवस्थामा रहेको
बताए ।
कोहलपुर नगरपालिकाका ईन्जिनियर बालकृष्ण महतराले अधिल्लो बर्षको तुलनामा भौतिक बिकास कमजोर रहेको स्विकार गरे । उनले ठेकदार कम्पनीलाई ताकेता गर्न नितिगत कमजोरी रहेको बताए । उनले २ करोड भन्दा कमको निर्माण कार्यका लागि नियमन गर्ने कार्य गर्न गाह्रो भएको बताए ।

Nabintech