कोहलपुर/ कोहलपुर नगरपालिकाले आर्थिक बर्ष ०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रममाकृषि लाई प्राथमिकतामा राखेको छ ।
कृषि मार्फत रोजगारी सृजना र खाद्यान्नमा आत्म र्निभर बनाउने उद्धेश्य सहितको नीति तथा कार्यक्रम कोहलपुर नगर प्रमुख लुट बहादु रावतले सार्वजनिक गरेका हुन् ।
जसका लागि नगर प्रमुख कृषि बिशेष कार्यक्रम सुरुवात गरिएको छ । जसको माध्याम बाट कोराना माहामारीका कारण भारत वा तेस्रो मुलुक बाट आएकाहरुलाई बिशेष रोजगराी सृजना गरिने छ । निति तथा कार्यक्रममा स्थानीय सञ्चार माध्यामलाई मिडिया हाउस सहयोग कोषको व्यवस्था गरि अनुदान दिने,नगर स्तरिय सञ्चार ग्राम बनाउने , कोहलपुर नगर क्षेत्रमा रहेका सवै खरका छाना बिस्थापन गरिने उल्लेख छ ।
कोहलपु नगरपालिकाको वडा नं १२ र १३ लााई बिशेष पर्यटकिय स्थानको रुपमा बिकास गरिने,भुमि समस्या समाधान आयोग मार्फत लालपुर्जा बितरण कार्यको थालनि गरिने उल्लेख छ ।