२२ फाल्गुन २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेकपा यूवा नेता न्यौपानेद्धारा उखेरालाई खाद्यान्न सहयोग

जनमुक्ति सेनाकी कमाण्डर उखेरालाइ सहयोग जुट्दै



कोहलपुर/नेकपा माओवादी नेतृत्वको १० वर्षे जनयुद्धका कमाण्डार वृक्षा उखेरा सहयोग जुट्न थालेको छ । नेकपा प्रदेश नं. ५ का प्रदेश कमिटि तथा नेकपा बाँके क्षेत्र नं. १ ख का ईन्चार्ज नरेन्द्र न्यौपानेले पूर्व जनमुक्तिसेनाकी सहायक कमाण्डर वृक्षा उखेरालाई खाद्यान्न सहयोग गरेका छन् । पूर्व जनमूक्ति सेनाका कमाण्डार उखेराको बारेका सञ्चार माध्याममा समाचार आएपछि खाद्यान्न सहयोग गरेका छन् । कोहलपुर ११ स्थित सुकुम्वासी बस्तीमा मासिक १ हजार भाडा तिरेर बस्दै आएकी रुकुम सिस्ने गाउँपालिका वडा नं. ८ की ३२ वर्षिय जनमुक्ति सेनाकी कमाण्डर वृक्षा उखेरालाई आर्थिक समस्या परेको थाहा पाए पछि आफुले सहयोग गरेको बताएका छन् । नेता न्यौपानेले एक बोरा चामल, एक केजी नुन र एक केजी दाल सहयोग गरेका छन् । साथै नेता न्यौपानेले केहि समय पहिला उनका छोरोलाई निःशूल्क पढाइको व्यवस्थापन पनि गरिदिएका थिए । पाँचौं डिभिजन मंगल स्मृति विग्रेट एक नम्बर बटालियनमा सहायक कमाण्डर समेत रहेकी उखेराले २०६१ सालमा पाल्पाको तानसेनको लडाईमा घाईते भएकी थिईन् ।

Nabintech