११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अगौया दुर्घटनामा मृत्यु हुनेको सख्या दुई


पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको अगौया नजिक कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । राप्तीसोनारी गाँउपालिका १ अगैया मा मंगलबार दिउँसो पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा१४च२७८९ नम्बरको कार अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्कीएको थियो । दुर्घटना लगत्तै कारमा सवार दुई जनालाई उद्धार गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुर्याईएको थियो । अस्पताल पुर्याए लगत्तै कार चालक भरतपुर महानगरपालिका १२ चितवनका ४१ वर्षिय कमलराज लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुभाष खड्काले जानकारी दिएका छन ।

दुर्घटनामा घाईते भएका पुर्वि नवलपरासी कावासोती ८ का क्षितीजराज कुँवरलाई कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारकालागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । भेरी अस्पतलमै उपचारका क्रममा कुँवरको समेत ज्यान गएको खड्काले पुष्टि गरेका छन ।

Nabintech