२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा जाग्यो तरुण दल


नेपाली काँग्रेसको भातृ संगठन तरुण दल कोहलपुरले आगामी बजेट युवा लक्षित हुनुपर्ने मागसहितको ज्ञापन पत्र बुझाएको छ । मंगलबार कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतलाई ज्ञापन पत्र बुझाउँदै तरुण दल कोहलपुरले आगामी वर्षको निति तथा कार्यक्रममा बिभिन्न देशबाट फर्किएका दक्ष जनशक्तिलाई रोजगारी हुने खालको उत्पादनमुलक कार्य योजना सहितको बजेट ल्यान माग गरिएको तरुण दल कोहलपुरका सभापती हरिसिंह कठायतले बताए ।

दक्ष जनशक्तीलाई रोजगार हुने खालका उत्पादनमुलक कार्य योजना बनाउनु पर्ने, कोरोना भाइरसबाट प्रभावित भएका समुदायलाई पिसिआर विद्यीबाट परिक्षण गर्नुपर्ने, विपत व्यवस्थापनको पूर्वतयारी, नगरभित्र बसोबास गर्ने भुमिहिन सुकुम्वासीको समस्यालाई समाधान गर्नुपर्ने, कोहलपुर नगरपालिकाले कोराना भाइरसको महामारीको समयमा गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतका ९ बुँदे माग सहितको ज्ञापन पत्र बुझाईएको कठायतले जानकारी दिए ।

ज्ञापन पत्र बुझ्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले ज्ञापन पत्रमा राखिएका मागहरुलाई सम्वोधन गरिने प्रतिवद्धता जनाएका छन ।

ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय पार्षद जनक वि.क. नेपाल तरुण दल क्षेत्रिय सभापती दिप बिजय जंग राणा, तरुण दल उपसभापती गोपाल जि.एम., कोहलपुर नगर प्रवक्ता यज्ञ महरा लगायत २ दर्जन नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Nabintech