१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिकासका काममा किन ढिलाई मेयर साप ?


कोहलपुर/ कोहलपुर नगरपालिका वडा नं ६ का स्थानीय बासिन्दाले बिकासका काममा ठेकेदार कम्पनिहरुले ढिला सुस्ती गरेको भन्दै खवरदारी गरेका छन ।
कोहलपुर ६ का स्थानीय वासिन्दाहरुको एक टोलिले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत,प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देव भारती र ईन्जीनियर बाल कृष्ण महतरालाई लिखीत रुपमा ध्यानाकर्षण गराउँदै बिकासका काम समयमै सम्पन्न गर्न ताकेता गरेका हुन ।
कोहलपुर ६ को दिव्य विद्या सदन चोक देखि नहर सम्म जोडने बाटो पिच र बरको बुटो बाट नमस्ते नेपाल यातायात प्रा.ली हुँदै राधा प्रतिक्षालय जाने बाटो निर्माणमा ठेकेदार कम्पनिहरुले काम नगरेको गुनासो छ ।
कोहलपुर ६ मा निर्माण भई रहेको गौरवको आयोजना अन्र्तगत बाटो पिच लगायतका काममा ढिलाई भएकाले समयमै काम सम्पन्न नगरे ठेकेदार कम्पनिलाई कालो सुचिमा राख्ने लगायतका कार्यवाही गर्न स्थानियले माग गरेका छन ।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नेकपा कोहलपुर ६ का अध्यक्ष समेत रहेका लक्ष्मण पाण्डे , स्थानिय शिव डाँगी , खडक प्रकाश गिरी लगायतको सहभागिता रहेको अध्यक्ष पाण्डेले नयाँ कोर्सलाई जानकारी दिए ।
कोहलपुर ६ का वडा अध्यक्ष राम शरण थारुले ठेकेदार कम्पनिलाई पटक पटक ताकेता गरेको भएपनि ठेकेदार कम्पनीहरुले काममा चरम लापरवारी गरेको बताए ।

Nabintech