११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मस्ट वान्डेड प्रहरी फन्दामा : रानाको पहिलो सफलता


बाँके प्रहरीले पाँच जनाको हत्यालगायत नौ वटा मुद्दामा फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ गरेको छ । एसपी ओमबहादुर रानाले कार्यभार सम्हाले केहि दिमानै यादव पक्राउ परेका हुन । प्रहरीको मोस्ट वाण्टेड सूचीका यादव बिरुद्ध अपहरण, हत्या, करणी, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम विष्फोट, हात हतियारलगायतका नौ मुद्दा छन् । भारतमा लुकिछिपी बसिरहेका यादव घरमा आएको सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले बताए । प्रहरीले डुडुवा गांउपालिका वडा नं. ३ बस्ने यादबलाई घरबाट उनलाई पक्राउ गरेको थियो । 
पुरैनीका स्थानी युवा बसन्त मल्ललगायतको हत्यामा संलग्न भनिएका यादवलाई पक्राउ परेपछि प्रहरीलाई ठूलो उपलब्धी भएको दाबी गरेको छ । प्रहरीका अनुसार यादव तत्कालिन भूमिगत समूह भगत सिंह समुहमा आवद्ध व्यक्ति हुन् । बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर आज सार्वजनिक गरेको थियो ।

Nabintech