२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एकै दिन दुई जनाले गरे आत्महत्या : आत्महत्या गर्नेहरुको डरलाग्दो तथ्यांक


राप्तिसोनारी गाँउपालिका वडा नं. ५ बिनौना कि १९ बर्षिय सुनिता थारुले आइतबार राति झुण्डीएर आत्महत्या गरेकी हुन । लामो समय प्रेम सम्बन्धमा रहेकी सुनिता आफ्नो प्रेमी हरिहर थारु अर्के केटिसंग लागेको भन्दै उनको घरको रेलिङमा भुण्डीएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहे गर्ने उदेश्यका साथ प्रेम सम्वन्धमा रहेकी किशोरीले प्रेमी अन्य युवती संग लागेको भन्दै आत्म हत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ । इलाका प्रहरी कार्याल कोहलपुरका प्रहरी नायब उपरिक्षक कुलदिप चन्दले भने उनका प्रेमिलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ । प्रेमि हरिहर बिरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको प्रहरीको भनाई रहेको छ ।  यस्तै सोमबार दिउसो करिब १ बजेको समयमा कोहलपुर नगरपालिकाक वडा नम्बर १४ मा कबिता हमालले पनि आफ्नै घरमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । कबिताले कोठाको पंखामा आफ्नै चुन्निमा झुण्डिएर आत्महत्याको प्रयास गरेको अवस्थामा श्रीमान र सासुले देखेर उपचारका लागि भेरी अस्पताल नेपालगंजमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटना बारे थप अनुषन्धान भई रहेको प्रहरीले जानकाएको छ ।
पछिल्लो समय उमेर नपुग्दै प्रेम सम्वन्धमा बाधिनु र बिभिन्न कारणले आत्म हत्या गर्ने प्रचलन बढेको प्रहरीको भनाई छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर क्षेत्रमा ११ र १३ बर्षका ३ किसोरीले आत्महत्या गरेका छन । ३ किसोरी सहित यो आर्थिक बर्षमा मात्र कोहलपुर क्षेत्रमा झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या ३७ जना रहेको प्रहरीको तथ्याङमा उल्लेख छ ।

Nabintech