३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालबाट स्पेन फर्केका पर्यटकको कोरोनाका कारण मृत्यु

कोरोनाभाइरस संक्रमणका कारण स्पेनमा ज्यान गएको यो पहिलो घटना हो ।



नेपालमा हालसम्म कोरोना भाइरस फेला नपरे पनि यहाँको भ्रमण गरेर स्पेन पुगेका एक पर्यटकको कोरोना संक्रमणकै कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भ्यालेन्सियाको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डेलीमेलले जनाएअनुसार, नेपाल भ्रमणबाट फर्किएका ती पर्यटकको सिटी अस्पतालमा उपचारका क्रममा गत फेब्रुअरी १३ मा निधन भएको हो ।

कोरोनाका कारण ज्यान गुमाउने ती व्यक्तिबारे विस्तृत केही बताइएको छैन ।

कोरोनाभाइरस संक्रमणका कारण स्पेनमा ज्यान गएको यो पहिलो घटना हो । त्यहाँस्थित क्षेत्रीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डेलीमेलले स्पेनमा हालसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ ।

यसअघि १७ जनामा कोरोनाको लक्षण देखिएकोमा थप २ जनामा पनि संक्रमण भेटिएको हो ।

Nabintech