११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मट्का खिरको स्वाद अब कोहलपुरमै


कोहलपुर ८ बाबा नगरमा मटका खिरको स्वाद लिन पाईने भएको छ । महाराज पार्टी प्यालेस एण्ड टेष्ट पण्डालका संचालक गोविन्द शरण महाराजाले  मारवडी चिसो तातो केशर युक्त मटका खिर सञ्चालनमा ल्याएका हुन ।  मटका खिर अति स्वादिष्ट तथा इमिउनिटी पावर बढाउने भएकाले स्वास्थ्यका लागि अति फाइदा रहेको संचालक महाराजाले बताएका छन् । कोरोना रोगको महामारी संगै आम नेपालीहरु स्वास्थ्य प्रतिको चासो र चिन्ताकै कारण बन्दाबन्दीको समयमा आफुलाई नयाँ इमियुनिटी बढाउने खालका परिकारको रुपमा मटका खिर संचालन ल्याएको बताए । नेपालमै पहिलो पटक स्पेशल,मारवाडी,चिसो,तातो र केसरयुक्त मटका दही २० औँ परीकारका पौष्टिक मसलाको प्रयोग गरि बनाइएकोले मटका खिर सतप्रतिशत रोग प्रतिरोधात्मक क्षमता बढाउने महाराजको दाबी छ ।


जेष्ठ २८ देखी अषाढ ९ गतेसम्म उद्घाटन सत्रका रुपमा बिभिन्न क्षेत्रको अगुवाहरु लाई निम्तो दिइएको थियो । बुधबार अर्थात १० गते देखि व्यावसायी सेवा सुभारम्भ गरिनेछ । मटका खिरको स्वाद लिनका लागी नेपालगञ्ज तथा कोहलपुर क्षेत्रबाट दैनिक ५० देखी १ सय हाराहारीमा मानिसहरु आइरहेको संचालन महाराजा बताउछन् । सो स्थानमा ५०, १००र १५० मा मट्कामा खिर खान पाईने महाराजले बताए ।

Nabintech