३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
रुकुम घटनामा घाईते भएकाहरुको पुनः स्वाथ्य जाँच


कोहलपुर – रुकुमको सोती घटनामा घाईते भएकाहरुकोे पुन स्वाथ्य जाँच कोहलपुरमा गरिएको छ । दलित सघर्ष समिती बाँकेको पहलमा घाईते १२ मध्ये १० जनाको स्वाथ्य जाँच नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको हो ।
सघंर्ष समिति बाँकेका संयोजक अमर बिकले घाईते मध्ये १० जनाको कोहलपुरमा पुनःस्वाथ्य जाँच गरेको जानकारी दिए । जाजरकोट अस्पतालमा उपचार पछि घर गएका उनिहरुको सिटि स्क्यान र एक्सरे कोहलपुरमा गरिएको उनले जानकारी दिए । बिभिन्न संघ सस्था तथा दलित अगुवाहरुको आर्थिक सहयोगमा उनिहरुको पुन स्वाथ्य जाँच गरिएको उनले बताए ।
उपचारमा संलग्न चिकित्सक डा.श्याम बि.कले उनिहरुको अन्य शारिरीक चोट नरहेको जानकारी दिए । युवाहरु लाई मानसिक रोग, नशा रोग सम्वन्धी चिकित्सकहरुले स्वाथ्य जाँच गरेका थिए । उनका अनुसार यूवाहरु मनसिक रुपमा बिक्षिप्त रहेको बताए । उनीहरुलाई मनोपरामर्शको आवश्यक रहेको समेत बताए ।
स्वाथ्य जाँच पछि आयोजित पत्रकार भेटघाटमा पुर्व सिचाई मन्त्री दल बहादुर सुनारले राज्य गैर जिम्मेवार रहेको बताए । उनले घटनामा मृत्यु भएका नवराज बिक लगायत ६ जना लाई सहिद घोषण गरी परिवार लाई क्षतिपुर्ति दिन, घाईते भनिएकाहरुको उपचार र क्षतिपुर्ति, नवराज बिककी पे्रमीका भनिएकी युवतिको स्वाथ्य जाँच र सुरक्षा गर्न माग समेत गरेका थिए । पत्ररका सम्मेलनमा घाईते युवाहरुले आफुहरु मानसिक रुपमा पनि आँतकित अवस्थामा रहेको बताएका थिए ।

Nabintech