२२ फाल्गुन २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम असार ८ गते


कोहलपुर /जानकी गाउँपालिकाले नीति तथा कार्यक्रम असार ८ गते गाउँसभामा प्रस्तुत गर्ने भएको छ । रेडियो हातेमालोसँग कुरा गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री जानकारी सो कुराको जानकारी दिनु भयो । यसै गरी बजेट भने १० गते प्रस्तुत गरिने उहाँले जानकारी दिनु भयो ।
जानकी गाउँपालिकाले नीति तथा कार्यक्रमका लागि विषयतग समितिको अगुवाईमा नीति कार्यक्रममा समावेस गर्ने विषयमा बृहत छलफल भइरहेको जानकारी दिनु भयो । प्रमुख प्रशासकीय खत्री अनुसार गाउँपालिका भित्र रहेका राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका अगुवा नेता तथा पूर्व जनप्रतिनिधिहरुसँग समेत गाउँपालिकाको नीति कार्यक्रम निर्माणमा सुझाव संकलन गरिएको बताउनु भयो ।
गाउँपालिकालाई विशेषगरी सल्लाह सुझाव दिनेहरुले कोभिड १९ मा केन्द्रित रहेर नीति ल्याउन सुझाव प्राप्त भएका छन् । गाउँपालिकाले कोभिड १९ पीडित र प्रभावितका साथै गरिब किसानको आय आर्जन बृद्धि गर्ने गरी नीतिमा प्राथामिकताका विषय हुने उहाँले जानकारी दिनु भयो । गाउँपालिका क्रमागत बहुवर्षिय योजनाहरुलाई सम्पन्न गर्नका लागि नीति केन्द्रित भएपनि विशेष गरी गाउँपालिका बासीलाई सृमृद्धिको बाटोमा अगाडी बढाउनका लागि नीति केन्द्रित हुने प्रमुख प्रशासकीय खत्री जानकारी दिनु भयो ।
जानकी गाउँपालिकाले बिशेषगरी गरिब, विपन्न परिवारलाई रोजगारीका लागि प्रधामन्त्री रोजगार कार्यक्रममा समेट्ने उहाँले जानकारी दिनु भयो । यसका साथै बन्दाबन्दीको समयमा पालिकाले राहत सहयोग दिएका परिवारनै कार्यक्रममा प्रमुख प्राथमिकतामा पर्ने प्रमुख प्रशासकीय अधिकृत खत्री भनाई छ ।
अझै पनि नीति कार्यक्रमका लागि सबै पक्ष, निकाय र विज्ञहरुको सल्लाह सुझाव संकलन गर्ने कार्य भइरहेकोले सबै कुरा निचोडमा नपुगेको समेत उहाँको धारणा छ ।

Nabintech