३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रदेश ५ सरकारले ४० करोड भन्दा बढिका आयोजना सुरु गर्दै ः मन्त्री आरती पौडेल


कोहलपुर/ प्रदेश ५ कि कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बाँके क्षेत्र नं १ (ख) मा ४० करोड भन्दा बढिका विकास तथा कृषि सम्वन्धी आयोजनहरु आगामी आर्थिक बर्ष भित्र सञ्चालन गरिने बताएकी छन् ।
मन्त्री पौडेलले बाँके क्षेत्र न १ ख भित्र ४० करोड बढिका आयोजनाहरु आर्थिक बर्ष ०७७/७८ भित्र सञ्चालनमा आउने जानकारी दिईन । मन्त्री पौडेलका अनुसार सञ्चालन हुने आयोजनाहरुमा कोहलपुर नगरपालिका भित्र पशु बधशाला निर्माणका लागि २ करोड ,शाना किसान यन्त्र उपकरण अनुदान १७ लाख ५० हजार ,गाँउ फर्केका युवा लाई सहयोग कार्यक्रम २० लाख , कोहलपुर क्रिकेट मैदान निर्माण ३० लाख ,प्राकृतिक चिकित्सालय का लागि ५० लाख , जेष्ठ नागरिक दिवा सेवा केन्द्र कोहलपुर ११ लाई १५ लाख ,राम जानिक संस्कृत बिद्यालय भवन निर्माणका लागि ३० लाख ,मुख्यमन्त्री बिकास तथा रोजगार कार्यक्रमका लािग ७० लाख ,दलित संग्राहलय निर्माण २५ लाख ,हवल्दारपुर शम्सेरगंज बानियाभार सडक निर्माणका लागि ५ करोड ,चप्परगौडी चक्रपथ निर्माणका लागि २० लाख , कोहलपुर देखि सिम्री जोडने सडक तथा पुल १२ लाख र कालिका मार्ग कोहलपुर सडक १० लाख बजेट बिनियोजन भएको बताईन ।
यसैगरि च्याउ ग्राम स्थपना सहयोग २५ लाख ,मनमोहन पार्क राप्ती सोनारी ८ मा ३० लाख ,जना आवास अन्तर्गत बिपन्न लाई ७ सय घर निर्माण ७५ करोड , महादेव पुरी खानेपानी आयोजना राप्ती सोनारी ८ मा २५ लाख ,कोहलपुर मैटहवा चन्नहवा खजुरा सडक २ करोड ५० लाख , नौवस्ता पानी ट्यांकी मदनचोक सडक ३५ लाख , पशुपंक्षिको पेलेट दाना उद्योग ५ करोड , रिफरल भेटनरी अस्पताल ४ करोड लगायतका आयोजना यसै बर्ष सञ्चालनमा ल्याईने उनले जानकारी दिईन ।

Nabintech