२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अस्पताल चाहार्दैमा सिताको ज्यान गयो


राप्तीसोनारी (बाँके)/ बाँकेको राप्तीसोनारी गाउँ पालिका वडा न ९ खैरीकी २७ वर्षीय सीता थारुको सुत्केरी भएको ४ घन्टा पछि विहीवार बिहान ज्यान गएको छ । उपचारका लागि भेरी अञ्चल अस्पताल लगिएको र उनको अस्पतालमै ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ । ।
बुधबार बिहान १२ बजे असहज महसुस भएपछि वर्थिङ सेन्टर ढकेरी पुगेकि सिताले स्वास्थकर्मीलाइ बच्चा नचलेको बताएकी थिइन तर स्वास्थकर्मी परिक्षण गर्दा बच्चा राम्रो चलेको र पुनःसांझ ६ बजे परिक्षण गर्न आउन गरी घर पठाइएको वर्थिङ सेन्टर ढकेरीकी अनमी क्षेत्रा वलीले बताइन ।
सितालाइ पुनः ६ बजे उनका श्रीमान जगतले वर्थिङ सेन्टर पुर्‍याउएका थिए । उतिबेला पनि स्वास्थकर्मीले चेक गर्दा प्रसवको कुनै लक्षण नदेखिएको र बच्चाको मुटुको धड्कन राम्रो चलेको स्वास्थकर्मी वलीको भनाइ छ । मैले बहिनी म हात हालेर चेक गर्छु भन्दा सिताले अहिले नगर्नु दिदी दुखेको छैन भनेपछि उनलाई घर लगिएको थियोे ।


राती १२ बजे सितालाइ पीडा धेरै भएपछि पुनः वर्थिङ सेन्टर लगिएको थियोे त्यसबेला गर्भमा बच्चाको मुटुको धड्कन नचेलेको र सिताको पेट दुखाइ समेत धेरै बढीपछी वर्थिङ सेन्टर बाट मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियोे । राती १ बजे मेडिकल कलेज पुर्‍याउदा अस्पताल सिल भएको जानकारी पाएपछि उनीहरू गेट बाटै फर्केर नर्सिङ होस नेपालगज लगिएको र त्यहाँको गेट सुरक्षागार्डले भित्र प्रवेश गर्न नदिएपछि फेरि त्यहीँ बाट भेरी अस्पतालमा लगिएको उनका भाइ डिल बहादुर थारूले बताए ।
दिदिलाइ आपतकालीन कक्षमा राख्ने ठाउँ छैन भन्दै बाहिरै राखियो दिदी पीडाले रोइरहनु भएको थियोे कोलियामै राखियो उनले भने त्यसपछि सिताले करिब ४ बजे तिर मृत छोरालाइ जन्म दिएको उनले बताए। त्यसपछि उनलाइ वेडमा सारिएको थियोे । उनकि दिदी आशाले आफुले दुईवटा विस्कुट र चिया खुवाएको वताइन । मैले बहिनी कस्तो छ भन्दा बहिनीले सास फेर्न गाह्रो भएको र टाउको दुखेको बताएकी थिइन उनले भनिन त्यसपछी बिहान ७ बजे तिर सिताको ज्यान गएको उनले बताइन् डाक्टरले रगत निकै कम भएको बताएका थिए । समयमै उपचार नपाएका कारण सिताको ज्यान गएको परिवारको गुनासो छ ।

Nabintech