१४ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अख्तियारमा कोहलपुरका तिन दर्जन उजुरी


कोहलपुर/ कोहलपुर १२ को नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा पुराने इट्टा प्रयोग गरि नयाँ भवन निर्माण गरियो । पुराने इट्टाको प्रयोग गरिएको भन्दै अख्तियारमा परेको उजुरी उपर अख्तियारले छानविन गरि रहेको छ । जिल्ला समन्वय समितिको ५० लाख र जनश्रमदानको ६ लाख ६४ हजार गरि ५६ लाख ६४ हजारमा ४ कोठे भवन निर्माण भई रहेको छ ।

कोहलपुर १२ र १३ जोडने पक्की पुल निर्माणको काम उपभोक्ता समिति मार्फत गरियो । पुल निर्माण भएको १ बर्ष नहुदै भत्किएपछि सो पुल निर्माण समितित बिरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ । कोहलपुर नगरपालिकाको १० लाखमा उपभोक्ताले सो पुल निर्माण गरेका हुन् ।
कोहलपुर नगरपालिका वडा नं ३ का गोपाल अधिकारीको घर देखि सगरमाथा ज्ञानकुञ्ज स्कुल जाने बाटोमा नालि निर्माण गरियो । कोहलपुर नगरपालिकाको १४ लाख लागतमा १ सय ९० मिटर लामो नालि निर्माण गरिएकोमा स्टमेट अनुसान नभएको भन्दै अख्तियारमा उजुरी पर्यो ।

यि मात्रै होईन यस आर्थिक बर्षको जेठ मसान्त सम्म कोहलपुर नगरपालिका भित्र भएका विकासका कामको अख्तिगारमा तिन दर्जन उजुरी दर्ता भएका
छन ।

अख्तियार दुरुपयोग अनुषन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले कोहलपुर नगरपालिका भित्र ३६ उजुरी दर्ता भएको जानकारी दिए ।

प्रमुख गैरेका अनुसार कोहलपुर नगरपालिकाका संघीय मामला, समान्य प्रशासन, शिक्षा , बिज्ञान तथा प्रबिधी मन्त्रालय र स्थानिय तह सम्वन्धी २९ ओटा उजुरी दर्ता भएका छन ।

त्यसैगरि शहरी बिकास मन्त्रालय सम्वन्धी ३, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय सम्वन्धी १ , वन वातारण मन्त्रालयसंग सम्वन्धीत २ र गृह मन्त्रालय सम्वन्धी १ ओटा उजुरी प्राप्त भएको जानकारी दिए ।

अख्तियार नेपालगंज सम्पर्क कार्यालयमा यस आर्थिक बर्षको जेठ महिना सम्म थप ३ सय ३५ उजुरी दर्ता भएको अख्तियार दुरुपयोग कार्यालयका सुचना अधिकृत लोकमणी पाण्डेले जानकारी दिए । दर्ता भएका मध्ये १ सय २६ उजुरी किनारा लागेको उनले बताए । पाण्डेका अनुसार यस आर्थिक बर्षमा बाँकेका १ सय ५५ , दाङमा ९९ र बर्दियाका ८१ उजुरी दर्ता भएका छन ।

अख्तियार दुरुपयोग अनुषन्धान आयोगको हट लाईन फोन न १०७ , आयोगको फेसबुक पेज , लिखित ,फोनका माध्याम र पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा उजुरी दर्ता हुने पाण्डेले बताए । पाण्डेले आयोगमा परेका उजुरीहरु प्रारम्भीक अनुसन्धान पछि बिस्तृत अनुषन्धानका लागि केन्द्रीय कार्यालय टंगालमा पठाईने , वा सम्वन्धीत बिषयगत मन्त्रालयमा अनुषन्धानका लागि पठाईने जानकारी दिए । उनले तत्काल प्रमाण नपुगेका उजुरीका हकमा अनुषन्धान जारी राखिने बताए ।

Nabintech