काठमाण्डौ / आज बिहीबार विभिन्न देशबाट चार सय १४ जना नेपाली स्वदेश फर्किएका छन् ।
कुवेतबाट जजिरा एअरमार्फत एक सय ५० जना, ओमानबाट सलाम एअरमार्फत एक सय ४६ जना, दोहाबाट कतार एअरमार्फत एक जना र मलेसियाबाट हिमालय एअरमार्फत एक सय १७ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।यसैगरी आज नेपालबाट चार वटा हवाइजहाज विभिन्न देशमा गएका छन् । त्रिभुवन विमानस्थलका अनुसार १५ जना नेपाली र एक जना विदेशी लिएर हिमालय एअर मलेसिया गएको छ । १३ जना बालबालिकासहित दुई सय ६३ जना यात्रु लिएर कतार एअर दोहा गएको छ । चार जना विदेशी लिएर हिमालय एअर दमाम र नेपाल एअरलाइन्सको जहाज यात्रु विना नै दुबई गएको छ ।
यस्तै आन्तरिकतर्फ तारा, सीता, एअर डाइनेस्टी, बुद्ध र मनाङ एअरले ६ वटा उडान गरेका छन् ।