३० आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जोखिममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी


कोहलपुर/ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक पछि अर्को गर्दै कोराना संक्रमितको मृत्यु भएपछि अस्पतालमा कार्यरत स्वस्थ्यकर्मी र सुरक्षाकर्मीहरुले उच्च जोखिमा रहेको गुनासो गरेका छन । कोरोना संक्रमितहरुको पहिचान गरेपछि सोही अनुसार उपचार प्रक्रिया सुरु गर्नु पर्नेमा त्यसो हुन नसक्दा जोखिम बढेको गुनासो स्वास्थ्यकर्मीहरुको छ ।
उनिहरुले अस्पतालमा आउनेहरुको कोरोना जाँच गरेर मात्रै बाँकी उपचार प्रक्रिया सुरु गर्नु पर्ने बताएका छन । ईमरजेन्सि रुपमा उपचार गनुपर्ने बिरामीलाई छुटै बिशेष व्यवस्था हुनुपर्ने उनिहरुको तर्क छ ।


पिसिआर परिक्षणका दायरा नबढाउँदा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अस्पतालका बिरामीमा जोखिम बढेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा देवेन्द्र आचार्यले बताए । उनले कोरोना संक्रमितको पहिचान नहुँदा थप जटिलता पैदा हुने गरेको बताए ।
हाल सम्म नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचराका लागि आएका ४ जनामा कोराना पुष्टी भएको छ । ४ मध्ये २ जनाको मृत्यु भएको छ भने २ जना उपचाररत रहेको अस्पताले जनाएको छ । कोहलपुर बैजनाथ गाँउपालिका वडा नं ६ कि एक महिला जेठ ३० गते कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भईन् ।
सास फेर्न गाह्रो भएकी निमोनिया ग्रसित महिलालाई ज्वरो समेत आएकाले कोरोना जाँच गरेर उपचार गनुपर्ने हुन्थ्यो तर, त्यसो गरिएन । अस्पताल प्रशासनले कोरोना जाँच गरेर मात्र थप उपचारका प्रक्रिया गर्नु पर्नेमा त्यसो नहुदा स्वाथ्यकर्मि जोखिमा परेका हुन । उनलाई आईसियूमा राखेर उपचार गराउँदा गराउँदै असार २ गते बेलुका ६ बजे उनको मृत्यु भयो ।
उनको कोरोना पोजेटिभ आएसंगै अस्पतालका एक दर्जन बढि स्वास्थ्यकर्मी लाई क्वारेन्टाईनमा राख्नुपर्ने अवस्था आयो ।
मृत्यु पुर्व जोखिम मोलेर स्वास्थ्यकर्मी निसंकोच उपचारमा खटिए । अस्तपाल प्रशासनले प्रयाप्त मात्रमा सुरक्षा उपकरण प्रदान नगरेपनि हर सम्भव उपचारमा खटिएको उनिहरुको भनाई छ ।


सोमवार जस्तै बुधवार पनि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप एक जनाको मृत्यु पछि कोरोना संक्रमण पुष्टी भयो ।
संक्रमितको उपचारमा होस या मृत्युपछि स्वास्थ्यकर्मी सुरक्षाकर्मी जोखिम मोलेरै संक्रमितको उपचारमा खटि रहेका छन ।
नाम नवताउने सर्तमा एक सेनाका अधिकारीले जोखिम मोलेरै संक्रमितको शव व्यवस्थापन गर्न खटिएको बताए । उनले राष्ट्र सेवकको हैसियतले निसंकोच सेवामा खटिएको उनको भनाई छ । बाँकेका सन्दर्भमा नरैनापुरको उच्च जोखिम होस या संक्रमितको शव व्यबस्थापनमा नेपाली सेनाले उल्लेखनिय भुमिका निर्वाह गरेको उनको भनाई रहेको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारमा आएकाहरु एक पछि अर्को गर्दै कोरोना संक्रमितहरुको मृत्यु पछि स्वास्थ्यकर्मी र कर्मचारीहरु आतंकित भएका छन । आईसियुमा कोरोना लागेकी बिरामी र अन्य विरामी सँगै राखिएको थियो । आइसियूमा उनलाई प्रयोग गरेको सामग्रीहरु अरुलाई पनि प्रयोग गरिएको थियो । सक्रमित हरुको अन्तिम अवस्थामा मात्रै कोरोना जाँच गरिने र सो अवधिमा थुप्रै स्वाथ्यकर्मि र अस्पतालका कर्मचारसंग सम्पर्क हुने भएको जखिम निकै बढेको उनिहरुको भनाई छ ।

केहि दिन अघि पनि रुकुमका एक बृद्ध उपचारका लागि मेडिकल कलेज कोहलपुरमा आए । १० दिनको उपचार पछि मात्रै उनको कोरोपा परिक्षण गरियो र उनमा कोरोना पोजेटिभ पुष्टी भयो । ८२ बर्षिय बृद्ध आन्द्रको उपचारका लागि अस्पताल आई पुगेका थिए ।
उनको उपचारका सम्लग्न १० जना चिकित्सक सहित २ दर्जन बढि लाई क्वारेन्टाईनमा राख्नु पर्ने अवस्था सृजना भएको थियो ।
शब ब्यबस्थागर्दै आएको नेपाली सेनाले सैनिकलाई आबश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाब नभएको भैरब प्रसाद गणका गणपति नकुल थापाले बताए । उनले जस्तो सुकै सकटको अवस्थामा पनि नेपाली सेना राष्ट्रको सेवामा खटिन तयार रहेको बताए ।

Nabintech