१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
राप्तीसोनारीको असक्षम नेतृत्वका कारण करोडौंको राजश्व स्वाहा


कोहलपुर/ बाँकेको राप्तीसोनारी गाउँपालिकाको असक्षमताका कारण यस बर्ष नदी जन्य पदार्थ उत्खनन् वापत आउने करोडांै राजश्व स्वाहा भएको छ । पालिकाले नदि जन्य पदार्थ उत्खनन्का लागि ठेक्का लगाउन नसक्दा राज्यको १५ करोड बढि राजश्व त्यतिकै स्वाहा भएको छ । पालिकाले अघिलो बर्ष राप्तीसोनारी गाउँ पालिका ५ ओटा नदी बाट १५ करोढ बढि राजस्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक बर्षमा ५ ओटा खोलाको अलग अलग टेण्डर गर्दा राप्ती नदि बाट ५ करोड ७९ लाख १ हजार ५ सय ८० , मुगुवा खोला बाट ३ करोड २१ लाख , झिझरी खोलाबाट १ करोड ६० लाख , परुवा खोलाबाट २ करोड ४१ लख र खैरी खोला बाट १ करोड ६० लाख भ्याट बाहेक राजश्व संकलन भएको थियो । अघिल्लो बर्ष सो रकम उठाएको पालिकाले यस बर्ष ५ ओटै खोला नालाको एक मुष्ट टेण्डर आवहान गरेको थियो । एक मुष्ट टेण्डर आवहान गर्दा पहिलो पटकको टेण्डर १३ करोड ८९ लाखमा स्वकृत भई सकेको थियो ।

स्विकृत भएको टेडर कर्मचारी र केही जनप्रतिनिधीको मिलेमतोमा धरौटी रकमको कारण देखाउँदै पालिकाले रद्द गरेको थियो । पहिलो भन्दा देस्रो ठेकेदार कम्पनिले निकै कम रकममा बोल पत्र दर्ता गरेकाले दोस्रो कम्पनिलाई ठेक्का मिलाउन मिलेमतोमा टेण्डर रद्ध गरिएको गाँउपालिका श्रोतले बताएको छ । सोहि विवाद पछि तत्कालीन प्रमुख प्रशासकिय अधिकृतले कार्यालयमा आएको केहि समयमै सरुवा मिलाएर अन्यत्र गएको पालिका श्रोतले बताएको छ । बिवादका बिच पहिलो टेण्डर रद्ध गरेको पालिकाले पुनः दोस्रो टेण्डर अवहान गरेको थियो ।

दोस्रो टेण्डरमा ठेकेदार कम्पनिहरुको मिलेमतोमा कम मुल्यमा टेण्डर दर्ता गराएका थिए । गाउँपालिका श्रोतका अनुसार दोस्रो टेण्डर ७ करोड ५ लाखमा सदर भएको थियो । निकै कम मुल्यमा टण्डर परेको भन्दै पालिकाले सो टेण्डर पनि रद्ध गरेको थियो । सो टेण्डर रद्ध भएपनि पालिकाले खोलेको तेस्रो र चौथो टेण्डर मा कसैले पनि बोलपत्र दर्ता नगराएको राप्तीसोनारी गाउँपालिका श्रोतले जानकारी दिएको छ । चौथो टेण्डर रद्ध भएपनि पालिकाले आफैले राजस्व असुल गर्ने गरि अमानतमा नदीजन्य पदार्थ बिक्रि गर्ने गरि ३७ जना कर्मचारीहरु नियुक्त गरेको थियो । दैनिक काम गरेका आधारमा पारिश्रमीक दिने गरी राजश्व संकलनमा राखेका कर्मचारीहरुले नदिजन्य पदार्थ संरक्षण र राजस्व असुली गर्ने भन्दा नदि जन्य पदार्थ दोहनमा सक्रिय भएको स्थानियको भनाई छ ।

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत दल बहादुर बस्नेतले अमानतमा राखेका कर्मचारीले कति राजस्व संकलन गरे भन्ने प्रश्नको जावाफ दिन चाहेनन् । उनले खासै संकलन हुन नसकेको प्रतिक्रिया दिए । पलिका श्रोतका अनुसार राजस्व संकलन हुन नसेके पनि अमानतमा राखेका कर्मचारीका लागि ७ लाख बढि तलव भत्ता बितरण भई सकेको छ । तलव भत्ताका बिषमा नयाँ कोर्सको प्रश्नमा उनले काम गरेका आधारमा दैनिक ७ सयका दरले तलव भत्ता दिने गरेको बताए । उनले राजस्व असुल नभएपनि उनिहरु नदिजन्य पदार्थ संकलनमा खटिएको दाबि गरे । उनले के कति रकम तलव र भत्ता वापत बितरण भयो बताउन चाहेनन् ।

पालिकाले नदिजन्य पदार्थ ठेक्का लगाउन नसक्दा बाँके जिल्लामा सञ्चालीन राष्ट्रिय गौरवका आयोजनाहरुमा नदिजन्य पदार्थको अभाव भएको छ । हुलाकी सडक आयोजना लगायतका आयोजनाहरुमा नदि जन्य पदार्थ अभाव भएको हो । सरकारी आयोजना मात्र होईन अन्य व्यक्तिगत निर्माणका काममा पनि निर्माण सामग्रीको मुल्य बृद्धि भएको उपभोक्ताहरुको भनाई छ । उपभोक्ताहरुका अनुसार निर्माण सामग्रीहरुको मुल्य ५० प्रतिसत सम्म बृद्धि भएको छ ।

Nabintech